पेट घटाउन बिहानै गर्नुपर्ने ८ अभ्यास | Khabarhub Khabarhub

पेट घटाउन बिहानै गर्नुपर्ने ८ अभ्यास


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

शहरको बसोबास र कम शारीरिक अभ्यासका कारण अधिकांश नेपालीको पेट लागेको छ । पेट जति सजिलै लाग्छ घट्न त्यतिनै मुस्किल पनि छ । त्यसैले तपाईंलाई सजिलै गरी पेट घटाउनका लागि गर्नुपर्ने ८ अभ्यासबारे जानकारी दिँदैछौ । जुन अभ्यास तपाईले दैनिक एक महिनासम्म लगातार गर्नु भयो भने नतिजा आफैं थाहा पाउनु हुनेछ । त्यसका लागि तपाईंले २० मिनेटको दैनिक समय छुट्याउनुभयो र खानपान थोरैमात्र व्यवस्थापन गर्नुभयो भने पुग्नेछ ।
यस्ता छन् मोटो पेट घटाउने शारीरिक अभ्यास:

लेग लिफ्ट

लेग लिफ्ट १५ रेप्स ३ सेट्सः यो व्यायाम गर्दा भुइँमा उत्तानो पल्टने र दुवै हात भुइँमा सीधासँग राख्ने। दुवै खुट्टा सीधा बनाएर भुइँदेखि कम्मरको सीधा उचाल्नुपर्छ।

बाइसाइकल

बाइसाइकल १५ रेप्स ३ सेट्स : यो व्यायाम लेग लिफ्टकै पोजिसनमा सुतेर साइकल चलाएको तरिकाले खुट्टा चाल्नुपर्छ।

अल्टरनेटिङ लेग लिफ्ट

अल्टरनेटिङ लेग लिफ्ट १५ रेप्स ३ सेट्सः यस स्टेपमा दुवै खुट्टा सीधा बनाउने र पालैपालो तल–माथि पार्ने।

सिजर्स

सिजर्स १५ रेप्स ३ सेट्सः यो स्टेप गर्दा दुवै खुट्टा कैँची स्टाइलमा चलाउने।

रक क्लाइम्बर

रक क्लाइम्बर १५ रेप्स ३ सेट्सः यो व्यायाम गर्दा पोजिसन चेन्ज गर्नुपर्छ। शरीरलाई घोप्टो बनाएर दुवै हातले जमिनमा टेक्ने र खुट्टा चलाउने अर्थात् हिँडेजस्तो गर्नुपर्छ।

पेल्भिक लिफ्ट

पेल्भिक लिफ्ट १५ रेप्स ३ सेट्सः यो व्यायाम उत्तानो पोजिसनमा दुवै खुट्टा र कुहिनाले जमिनमा टेक्ने र कम्मरलाई माथितिर उठाउने र जमिनतिर अर्थात् तल–माथि गर्ने।

एल्बो टु नी क्रन्चेच

एल्बो टु नी क्रन्चेच १५ रेप्स ३ सेट्सः यो व्यायाम गर्दा उत्तानो ढल्कने र घुँडा खुम्चाउने। एउटा खुट्टा अर्को घुँडामाथि राख्ने र दुवै हात टाउकोपछाडि राखेर टाउको उठाउने अनि कुहिनाले घुँडा छुने। यसरी दुवैपट्टि पालैपालो गर्ने।

लेग होल्ड

लेग होल्ड १५ रेप्स ३ सेट्सः यो व्यायाममा उत्तानो पोजिसनमा खुट्टालाई जमिनभन्दा माथि उठाएर होल्ड गर्नुपर्छ। यी माथि उल्लिखित व्यायाम नियमित रूपमा गर्नुभयो भने पेट घट्नुका साथै ‘टाइट’ हुन्छ। नियमित व्यायाम गर्न थालेको १५ दिनदेखि शरीरमा आएको फरकपन थाहा पाउनुहुन्छ। यसले तपाईंलाई रिफ्रेस पनि बनाइराख्छ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ७ : १४ बजे

भारतसँग जोडिएका पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा– भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका वीरगञ्जसहित

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति बनाउने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको