विप्लवका छोरा प्रकाश चितवनबाट पक्राउ « Khabarhub

विप्लवका छोरा प्रकाश चितवनबाट पक्राउ


२५ भदौ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द(विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन् ।

उनलाई बुधबार विहान चितवन मेडिकल कजेजबाट पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।

चितवन मेडिकल कलेजगेटमा अवोरध सिर्जना गरेपछि उनीसहित करिब एक दर्जनलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक(डीएसपी) शालिकराम पौडेलले जानकारी दिए ।

‘विहान १० बजेतिर नियन्त्रणमा लिइएको हो, उनीहरुले चितवन मेडिकल कलेजको गेटमै धर्ना दिएर एम्बुलेन्सलाई समेत प्रवेश गर्न नदिएपछि नियन्त्रणमा लिएका हौं’ डीएसपी पौडेलले भने ।

उनले अत्यावश्यक सेवा सञ्चालन ऐन२०१४ अनुसार उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अघिदेखि विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् । उक्त आन्दोलनको नेतृत्व विल्वव पुत्र प्रकाशले गर्दै आएका थिए ।

प्रकाशित मिति : २५ भदौ २०७६, बुधबार  १० : ५७ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको