नेकपाको सचिवालय बैठक बुधबार | Khabarhub Khabarhub

नेकपाको सचिवालय बैठक बुधबार


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

बुधबार(आज) दिउँसो चार बजेका लागि बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली सिंगापुरमा उपचार गरेर फर्किएपछि नेकपाको सचिवालय बैठक बस्न लागेको हो ।

यसअघि ओली सिंगापुरमा रहेको बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक आह्वान गरेका थिए । नेकपा एकीकरणपछि प्रचण्डको अध्यक्षतामा पहिलो बैठक बसेको थियो ।

उक्त बैठकले केन्द्रीय सदस्यमा केही थपसहितको निर्णय गरेको थियो भने अन्तरपार्टी निर्देशिकासमेत जारी गरेको थियो ।

आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित पार्टी एकताका बाँकी विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ११ : ३४ बजे

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान