आन्तरिक किचलोले भद्रगोल बनेको एथलेटिक्स | Khabarhub Khabarhub

आन्तरिक किचलोले भद्रगोल बनेको एथलेटिक्स



काठमाडौं– नेपाली खेलकुद यतिबेला काठमाडौं र पोखरामा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) ले गर्माएको छ । मंसिर १५ देखि काठमाडौंमा शुरु हुने प्रतियोगिताको तयारीले राष्ट्रिय खेकलुद परिषद् (राखेप) देखि युवा तथा खेलकुद मन्त्रालयसम्मलाई भ्याइ–नभ्याइ छ ।

खेलकुदकै शोभाका रुपमा हेरिने एथलेटिक्स संघ भने भित्रै आन्तरिक द्वन्दमा छ । घरमै आयोजना हुने सागको तयारीका लागि संघले कुनै खास योजना ल्याउन नसकेको भन्दै खेल क्षेत्रमा एथलेटिक्स संघको चर्को आलोचना भइरहेको छ । अध्यक्ष राजिव विक्रम शाहले संघभित्र मनपरी गरेको आरोप एथलेटिक्स संघका पूर्व पदाधिकारीहरुले लगाउँदै आएका छन् ।

पछिल्लो समय एथलेटिक्समा विवादको चुरो बन्यो नेपाल ओलम्पिक कमिटि (एन्ओसी) मा राखेपका उपाध्यक्ष पिताम्बर तिम्सानालाई एथलेटिक्स संघको प्रतिनिधिका रुपमा पठाउनु । अध्यक्ष शाहले तिम्सिनालाई एनओसीमा पठाउँदा संघमा छलफलसमेत नगरि शक्तिको दुरुपयोग गरेको आरोप उनीमाथि लागेको छ ।

एथलेटिक्सको सदस्य नै नरहेका व्यक्तिलाई प्रतिनिधिका रुपमा पठाएको, कार्यसमितीलाई पूर्णता दिन नसकेको, अध्यक्षकै लापरबाहीले ओलम्पिकको छात्रवृत्तिबाट एथलेटिक्सका खेलाडी वञ्चित भएको, एथलेटिक्स समुदायलाई साथमा लिएर हिड्न नसकेको जस्ता थुप्रै आरोप अध्यक्ष शाह माथि लाग्दै आएका छन् ।

‘अध्यक्षद्वारा शक्ति दुरुपयोग’

एथलेटिक्स संघले नेपाल ओलम्पिक कमिटीको नयाँ कार्यसमितिका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई आफ्नो प्रतिनिधि बनाएर पठायो । एथलेटिक्सको प्रतिनिधिका रुपमा एनओसी पुगेका तिम्सिना उप–महासचिवमा निर्विरोध चयन भइसकेका छन् । तर, उनी एनओसीमा गएपनि एथलेटिक्स संघमा भने विवाद शुरुभएको छ ।

सरकारको विरोध मात्रै गरेर संघ चलाउन सकिँदैन्, खेलको विकास गर्न खेलाडी उत्पादन गरेर मात्रै हुँदैन् । कोच, रेफ्रि लगायतको पनि विकास गर्नुपर्छ । त्यसका लागि सरकारको सहयोग आवश्यक पर्छ ।

एथलेटिक्सका पूर्व पदाधिकारीहरुले तिम्सिनालाई एनओसी पठाउँदा संघमा कुनै पनि छलफल नगरि अध्यक्ष शाह आफैले मनोमानी गरेको आरोप लगाउँदै आएका छन् । तर, अध्यक्ष शाहले भने ओलम्पिकमा तिम्सिनालाई पठाउँदा एथलेटिक्सको बलियो सहभागीता रहने बताउँछन् । त्यस्तै, शाहले संघको साधारण सभाका समयमा उपाध्यक्ष तिम्सिनाले गरेको सहयोगको गुनका रुपमा उनलाई एनओसीमा पठाएका हुन् ।

एथलेटिक्सले तिम्सिनालाई प्रतिनिधिका रुपमा पठाउनु अघि अध्यक्ष शाह आफै एनओसीमा जाने तयारी गरेका थिए । तर, पछि उनले शाहलाई समर्थन गरे र एनओसीको निर्वाचनमा प्रतिनिधिका रुपमा पठाए । जसमा राखेप उपाध्यक्ष तिम्सिनालाई प्रतिनिधिका रुपमा स्वीकारिएको थियो । यसरी दुई व्यवहार गर्दा संघको मानमर्दनमाथि आँच आउने भन्दै यस्तो व्यवहार गर्नु गलत भएको एथलेटिक्सका पूर्व अध्यक्ष तथा म्याराथन प्रशिक्षक रघु वन्त बताउँछन् ।

‘तिम्सिनाजीलाई संघको प्रतिनिधिका रुपमा पठाउनुमा हामीले केही भनेका छैनौं । तर, प्रक्रिया संगत हुनु पर्‍यो । बौर्ड बैठक बोलाउनु पथ्र्यो होला, उनलाई संघको सदस्य बनाउनु पथ्र्यो होला,’ वन्तले भने, ‘यसरी मनोमापन गर्न पाइन्छ ? अनि यस्तो व्यवहारलाई दुरुपयोग नभनेर के भन्ने ? अहिले यहाँ संघलाई नै भताभङ्ग पार्ने काम भइरहेको छ ।’

वन्तको ओरोप अध्यक्ष शाह भने स्वीकार्न राजि छैनन् । उनी चैत्रमा पुनः निर्वाचित भइसकेपछि शुरु भएको उनको कार्यकालमा सहि तरीकाले काम गर्न विरोध गरेर मात्रै नपुग्ने भन्दै सत्ता पक्षको साथका लागि उपाध्यक्षलाई साथ दिएको बताउँछन् ।

‘मैले ४ बर्षसम्म चुस्त दुरुस्त संघ चलाउनु पर्नेछ । त्यसैले सधै सरकारको विरोध मात्रै गरेर संघ चलाउन सकिँदैन्,’ शाहले भने, ‘खेलको विकास गर्न खेलाडी उत्पादन गरेर मात्रै हुँदैन् । कोच, रेफ्रि लगायतको पनि विकास गर्नु पर्छ । त्यसका लागि सरकारको सहयोग आवश्यक पर्छ । त्यसैले सरकार निकट व्यक्तिलाई साथमा लिन खोजेको हुँ ।’

अध्यक्ष शाहले आफ्नो उपस्थिती ओलम्पिकमा बलियो बनाउन पनि उपाध्यक्ष तिम्सिनालाई प्रतिनिधि बनाएर पठाएको बताएका छन् । साथै उनले अघिल्लो बर्ष हुनु पर्ने एथलेटिक्सको निर्वाचनमा ढिलाइ भएको तर, उपाध्यक्षकै सहयोगमा चैत्रमा निर्वाचन सफल भएकाले पनि उनलाई साथ दिएको स्पष्ट पारे ।

‘एथलेटिक्सको चुनाव अघिल्लो बर्ष नै हुनु पथ्र्यो । तर, चैत्रमा उपाध्यक्ष ज्यु कै सहयोगम हामीले चुनाव गर्न सफल भयौं,’ शाहले उपाध्यक्षलाई ओलम्पिकमा पठाउनुको कारण स्पष्ट पार्दै भने, ‘ओलम्पिकमा संघको उपस्थितिका लागि सहज हुन्छ भनेर पठाएको हुँ । सरकार निकट मान्छे ओलम्पिकमा पुग्दा संघलाई पनि भोलिको दिनमा सहज होस् भन्ने योजना हो ।’

हठले छात्रवृत्ति गुम्यो

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) बाट खेलाडीका लागि आउने छात्रवृत्तिमा एथलेटिक्स संघको लापरबाहीले यो बर्ष एक जना पुरुष र एक जना महिला खेलाडी छात्रवृत्तिबाट वञ्चित भएका छन् ।

१३ औं दक्षिण एसियाली खेलकुदको अभ्यासमा रहेका खेलाडीलाई ओलम्पिक कमिटिले संघसँग कुनै समन्वय नै नगरि दमनकारी भूमिका प्रस्तुत गरेर खेलाडी र प्रशिक्षकलाई जापान लगेको भन्दै आरोप गुनासो गर्छन् ।

एनओसीले गएको बर्ष अक्टोबरमै एथलेटिक्स संघलाई छात्रवृत्तिका लागि दुई म्याराथन धावकको नाम माग गरेर ‘मेल’ पठाएको थियो । तर, एथलेटिक्सले खेलाडीको नाम नपठाउँदा त्यो कोटा रद्द भएको छ । तर, यता अध्यक्ष शाह भने आफुलाई ओलम्पिकले चिठ्ठी नै नपठाएको बताउँछन् । त्यतिमात्रै होइन पछिल्लो समय ओलम्पिकले एथलेटिक्समाथि हस्तक्षप गरिरहेको उनको दावी छ ।

‘छात्रवृत्तिको कुरा गर्दा मलाई कुनै चिठ्ठी नै आएको छैन्,’ ओलम्पिकसँग सम्बन्ध चिसिएको जनाउ दिएका शाहले भने, ‘पछिल्लो समय ओलम्पिकले एथलेटिक्सलाई वाइकट गर्दै आएको छ । तर, उपाध्यक्ष ज्युलाई त्यहाँ पठाइसकेपछि अब त्यस्तो नगर्ला ।’

१३ औं दक्षिण एसियाली खेलकुदको अभ्यासमा रहेका खेलाडीलाई ओलम्पिक कमिटिले संघसँग कुनै समन्वय नै नगरि दमनकारी भूमिका प्रस्तुत गरेर खेलाडी र प्रशिक्षकलाई जापान लगेको भन्दै आरोप गुनासो गर्छन् ।

अध्यक्ष शाह र एनओसीबीचको हटले नै खेलाडीले पाउने महत्वपूर्ण अवसरबाट वञ्चित भएका छन् । खेलका अभिभावक संस्थाहरुबीचको कहलले खेलाडीले घाटा हुनुले नेपाली खेलकुदमा कुन हद सम्मको राजनीति छ भन्ने स्पष्ट पारेको जानकारहरु बताउँछन् । तर, को घटनालाई लिएर अध्यक्षले उम्किने ठाउँ नरहेको भन्छन् म्याराथन प्रशिक्षक वन्तले बताउँछन् ।

‘आईओसीले प्रदान गर्ने यो छात्रवृती नेपाली खेलाडीको खेल स्तर सुधार्ने महत्वपूर्ण अवसर हो । त्यहाँ खेलाडीले राम्रोसँग अभ्यास गर्ने वातावरण पाउँछन्,’ वन्त भन्छन्, ‘एउटा राम्रो खेलाडीका लागि ओलम्पिक छात्रवृत्ति उसको खेल स्तर सुधार्ने महत्वपूर्ण समय हो ।’

५ महिना बित्दा पनि कार्यसमितिले पाएन पूर्णता

चैतको अन्तिम साता चितवनमा भएको साधारण सभाबाट दोस्रो कार्यकालका लागि एथलेटिक्स संघले नेतृत्व सम्हालेका अध्यक्ष शाहले अहिलेसम्म आफ्नो कार्यसमितिलाई पूर्णता दिन सकेका छैनन् ।

अध्यक्ष चुनिएको ५ महिना बितिसक्दा पनि एथलेटिक्स संघले १६ जनाको पूर्ण कार्यसमिति पाउन सकेको छैन् । अहिले अध्यक्षसहित १० जनामात्रै कार्यसमिति सदस्य छन् । बाँकी ६ पदको नियुक्ति हुन सकेको छैन् । त्यतिमात्रै होइन् ४ जना उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिव जस्ता जिम्मेवार पदसमेत खाली छन् ।

५ महिनासम्म पनि संघले पूर्ण कार्यसमिति नपाउनुलाई प्रशिक्षक वन्त एथलेटिक्सको नेतृत्वको अक्षमताका रहेको बताउँछन् । ‘अध्यक्ष चुनिएको ५ महिना बितिसक्यो अहिलेसम्म कार्यसमितिले समेत पूर्णता पाउन सकेको छैन् । अध्यक्ष शाहले भने केही दिन भित्रै कार्यसमितिका बाकीँ सबै पद पुर्ति गर्ने खबरहबलाई बताएका छन् ।

त्यतिमात्रै होइन सागको योजना काठमाडौं मै भइरहँदा यसका लागि पनि संघले कुनै योजना सार्वजनिक गर्न सकेको छैन् । त्यतिमात्रै होइन नेपालमा प्रतियोगिता आयोजना भन्दा पनि विदेशी प्रतियोगिताका लागि आएका पत्रलाई पनि संघले वेवास्ता गरेको आरोप लागिरहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  १ : ३६ बजे

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार