हवाई कारबाहीमा ३० तालिबानी लडाकू मारिएको दाबी « Khabarhub

हवाई कारबाहीमा ३० तालिबानी लडाकू मारिएको दाबी


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको उत्तरी प्रान्त तखारमा भएको हवाई कारबाहीमा परी ३० तालिबान लडाकू मारिएका छन् ।

ख्वाजा बहाउद्दीन जिल्लाको बाहिरी इलाकामा उक्त हवाई कारबाही भएको थियो । सो कारबाहीमा परी कम्तीमा ३० लडाकू मारिनुको साथै अन्य कैयौ घाइते भएको अफगान सेनाका अधिकारी अब्दुल खलिल खलीलीले जानकारी दिएका छन् ।

सो कारबाहीको क्रममा अपहरणकारीहरुको सवारी साधन पनि ध्वस्त पारिएको खलिलीले बताए । यो कारबाही अफगान वायुसेना वा नेटोको नेतृत्वमा गठबन्धन सेना कसले गरेको हो सो भने प्रष्ट भएको छैन ।

यसै महिनाको शुरुदेखि नै यो प्रान्तमा तालिबान लडाकू र सुरक्षा अधिकारीबीच भीषण भीडन्त हुँदै आएको छ ।

तालिबान लडाकू समूह र सुरक्षाबलसँगको ठूलो झडपपछि छिमेकीमा पर्ने याङगी काला र दार्कद जिल्लालाई तालिबानले कब्जा गरेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ४ : २१ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।