डेंगुका कारण ६ जनाको मृत्य, संक्रमित ५ हजार नाघे « Khabarhub

डेंगुका कारण ६ जनाको मृत्य, संक्रमित ५ हजार नाघे


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं लगायत देशभर डेंगुको कारण ६ जनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकका अनुसार साउन १ गतेदेखि भदौ २४ गते सम्म ६ जनाको ज्यान गएको छ । त्यस्तै ५६ जिल्लाका ५ हजार ९५ जना डेंगुबाट संक्रमित भएका छन् ।

महाशाखाले सार्वजनिक गरेको तथ्यांकमा पछिल्लो समय प्रदेश ३ का जिल्लाहरुमा डेंगुको प्रकोप बढी देखिएको छ । प्रदेश ३ मा साउनदेखि भदौ २४ गते सम्ममा ३ हजार १ सय २६ जनामा डेंगु भेटिएको महाशाखाको तथ्यांक छ ।

यस्तै गण्डकी प्रदेशमा पनि बिरामीको संख्या एक हजार पुग्न लागिसकेको छ । गण्डकी प्रदेशमा ९ सय ७२ जनामा डेंगु भेटिएको छ । यस्तै प्रदेश १ मा ८ सय ३१ जना, प्रदेश ५ मा ९७ जना, प्रदेश २ मा ३९ जना, सुदूरपश्चिम प्रदेशमा २७ जना र कर्णाली प्रदेशमा ३ जनामा डेंगुको संक्रमण भेटिएको छ ।

काठमाडौं र चितवनमा बढी बिरामी

प्रदेश ३ का १२ जिल्लाहरुमध्ये सबैभन्दा धेरै बिरामी काठमाडौं र चितवनका छन् । साउन यता मात्रै काठमाडौंमा १ हजार १ सय ७० जनामा डेंगु भेटिएको छ भने चितवनमा १ हजार १ सय २८ जनामा डेंगु भेटिएको छ ।

यस्तै मकवानपुरमा ७ सय २८ जना, ललितपुरमा ३५जना, भक्तपुरमा ३३जना, धादिङमा १८जना , काभ्रेमा ४ जना, सिन्धुलीमा ३ जना, नुवाकोट, दोलखा र रामेछापमा २-२ जना र सिन्धुपाल्चोकमा १ जना रहेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ५ : ५९ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।