सामाजिक सुरक्षा कार्यक्रमको अध्ययन गर्न म्यानमारको टोली नेपालमा « Khabarhub

सामाजिक सुरक्षा कार्यक्रमको अध्ययन गर्न म्यानमारको टोली नेपालमा


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- नेपालमा सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमको अध्ययन गर्न म्यान्मारको सामाजिक विकास मन्त्रीसहितको टोली नेपाल आएको छ ।

म्यान्मारको नीति निर्माण तहको विशेषज्ञसहितको अध्ययन टोलीले नेपाल सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा कार्यक्रमको बारेमा बुधबार बुटवल उपमहानगरपालिकामा जानकारी लिएको हो ।

टोलीले बुटवल उपमहानगरपालिकामा सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन प्रक्रियाबारे अध्ययन गरेको छ । नेपालमा २५ वर्षअघि शुरु भएको सामाजिक सुरक्षा भत्ता कार्यक्रमबाट प्रभावित भएर अहिले म्यान्मारले समेत लागू गर्ने तयारी गरेको छ ।

सोही कार्यक्रमका बारेमा जानकारी लिन त्यहाँका सामाजिक विकास मन्त्रीको नेतृत्वमा विज्ञहरुसहितको टोली यहाँ आएको हो । म्यान्मारको चाइन प्रदेशका सामाजिक मन्त्री पाउलुन मिन थानसहित १२ जना सहभागी टोलीले आज बुटवल उपमहानगरपालिकाको अध्ययन अवलोकन गरेको हो ।

बुटवल उपमहानगरपालिकाले नेपालमै नमूना तरिकाले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको भन्दै शुरुमै बुटवल आएको टोलीका संयोजक म्यान्मारका मन्त्री थानले बताए ।

मन्त्री थानले आफूहरुले पनि यो कार्यक्रम म्यान्मारमा लागू गर्न चाहेकाले नेपालबाट सिक्न आएका हौँ भने । सो टोलीलाई उपमहानगरपालिकाका कार्यबाहक प्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बुटवलको पञ्जीकरणको अवस्था र सामाजिक सुरक्षा कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

टोलीले नेपालको सामाजिक सुरक्षा कार्यक्रम र पञ्जीकरणको अध्ययनपछि म्यान्मारको सामाजिक सुरक्षा कार्यक्रमको नीति तयार पार्ने बताएको छ । बुटवल उपमहानगरपालिकाले सेवाग्राहीलाई वितरण गर्दै आएको सामाजिक सुरक्षा रकम, वितरण प्रणाली र सेवाग्राहीको सन्तुष्टि र पञ्जीकरणबारेमा टोलीले विशेष चासो दिएर अध्ययन गरेको कार्यबाहक प्रमुख आचार्यले बताए ।

टोलीले वडास्तरबाट भइरहेका कामको बारेमा पनि विशेष चासो दिएको थियो । सोही क्रममा बुटवलको ५ नं वडा कार्यालयमा पुगेर त्यहाँको सेवा प्रवाहका बारेमा विशेष जानकारी लिएको वडाध्यक्ष तेजप्रसाद विकले बताए । कम्प्युटर सफ्टवेयरदेखि सेवाग्राहीका सन्तुष्टि र सुरक्षा व्यवस्थाका उपायका बारेमा जानकारी लिएको अध्यक्ष विश्वकर्माले बताए । बुटवलमा आठ हजार ५०० जनाले सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ९ : ५८ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु