भ्रमण वर्ष लक्षित एक्स्पो हुने « Khabarhub

भ्रमण वर्ष लक्षित एक्स्पो हुने


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी नेपाल–इण्डिया–चाइना एक्स्पो (नाइस) हुने भएको छ ।

प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आयोजना र नेपाल भ्रमण वर्ष–२०२० सचिवालय तथा नेपाल पर्यटन बोर्डको समन्वयमा आगामी २१ देखि २४ फेब्रुअरी २०२० मा काठमाडौंमा एक्स्पो हुने  जनाएको हो ।

पाटाका नेपाल च्याप्टर अध्यक्ष सुनिल शाक्यले भ्रमण वर्षको अवसरमा नेपालको पर्यटन प्रवद्र्धन तथा विकासका लागि पर्यटन स्रोत बजार चीन र भारत हुने भएकाले ती दुई देशका पर्यटकलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको बताए ।

अध्यक्ष शाक्यले नेपालको अवस्थिति, ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधता, प्राकृतिक सौन्दर्यता, नेपाली पर्यटन क्षेत्रको प्रवद्र्धन, विकास र विस्तार गर्न कार्यक्रमले सहयोग गर्ने भन्दै दुई देशबाट पर्यटन आगमन हुने सम्भावनासमेत रहेको बताए ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भ्रमण वर्षमा पनि सरकारले चीन र भारतबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने योजना राखेको बताए ।

भ्रमण वर्ष २०२० अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले चीन र भारत ठूला पर्यटन स्रोतको बजारको रुपमा रहेकोले कार्यक्रमले ती बजारबाट पर्यटन भित्र्याउन सहयोग मिल्ने बताए ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ९ : ४६ बजे

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ