सानमारिनोको पोस्टमा बेल्जियमको ९ गोल « Khabarhub

सानमारिनोको पोस्टमा बेल्जियमको ९ गोल


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यूरोकप छनोट खेलमा बेल्जियमले शानदार जित हासिल गरेको छ । सानमारिनोलाई हराउँदै बेल्जियम अर्को वर्ष हुने युरोकप फुटबलमा छनोट हुने पहिलो टोली बनेको छ ।

बिहीबार राति भएको खेलमा बेल्जियमले सान मारिनोलाई ९–० को विशाल गोल अन्तरमा पराजित गरेको हो । जितसँगै समूह ‘आई’मा रहेको बेल्जियमले ७ खेलबाट २१ अंक जोडेको छ । दोस्रो स्थानको रुसको १८ अंक छ ।

युरोकप फुटबल छनोटकै अर्को खेलमा रुसले स्कटल्यान्डलाई ४–० ले हराएको छ । यस्तै, समूह ‘सी’को खेलमा नर्दन आयरल्यान्डलाई ३–१ ले हराउँदै नेदरल्यान्ड्स शीर्ष स्थानमा उक्लिएको छ ।

डच टोलीले ५ खेलबाट १२ अंक जोड्दा समान १२ अंक जोडेको जर्मनी दोस्रो स्थानमा झरेको छ । समूह ‘ई’को खेलमा क्रोएसियाले हंगेरीलाई ३–० ले हराउँदा स्लोभाकिया र वेल्सले १–१ गोलको बराबरी खेलेका छन् ।

यसैगरी, समूह ‘जी’मा अष्ट्रियाले इजरेललाई ३–१ ले पराजित गर्दा पोल्यान्डले लात्भियालाई ३–० ले तथा उत्तरी मेसेडोनियाले स्लोभेनियालाई २–१ ले हराएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ७ : १८ बजे

अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमालेको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ– पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नेकपा एमालेले

पक्राउ परेका ओली अस्पताल भर्ना, ५०१ नम्बर बेडमा राखियो

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय (त्रिवि)

कांग्रेसले आज नवनिर्वाचित सांसदहरुका लागि सचेतना कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आज ‘संसदीय सचेतना’ कार्यक्रम

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।