अमिताभ बच्चन: एक सुपरस्टार यस्ता पनि, जन्मदिनमा दिए भावुक सन्देश | Khabarhub Khabarhub

अमिताभ बच्चन: एक सुपरस्टार यस्ता पनि, जन्मदिनमा दिए भावुक सन्देश


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका महानायक अमिताभ बच्चनको आज ११ अक्टोबरमा जन्मदिन हो । उमेरले उनी ७७ वर्ष पुगिसकेका छन् । तर उनमा जोश जाँगर भने अझै पनि उत्तिकै छ । कुनै समय उनको फिल्म हेर्न दर्शकको लाइन लाग्ने गर्थ्यो । यतिसम्म कि, दर्शकले पहिलो शो को टिकट नपाउँदा दर्शकले अर्को शोको टिकटका लागि लाइन लाग्ने गर्थे ।

उनको फिल्म हलमा रिलिज हुँदा महिनौँसम्म टिकट पाइँदैनथ्यो । उनले एक वर्षमा ४ वटासम्म बल्कबस्टर फिल्म दिन्थे । हरेक फिल्म रिलिज हुँदा नयाँ रेकर्ड राख्ने अमिताभका अहिले पनि लाखौँलाख प्रशंसक छन् ।

उनले जन्मदिनको अवसर पारेर एक भावुक नोट सन्देश दिएका छन् । यस्तो छ उनको सन्देश:

यसमा सेलिब्रेट गर्नुपर्ने खासै कारण छैन । मेरा लागि यो दिन पनि अरु दिनजस्तै हो । म अहिले पनि काम गरिरहेको छु । मेरो शरीरले मेरो उत्साहका साथ तालमेल बनाएर राखिरहेको छ । म यसका लागि आभारी छु ।

बच्चाबेलामा मेरो जन्मदिनमा बुबाले सधै कविता लेखेर गाएर सुनाउनुहुन्थ्यो । परिवारमा यो एक रीत थियो । सन् १९८४ मा भएको भयानक दुर्घटनापछि यसले एक अलग रुपले लियो ।

बुबा जीले जन्मदिनमा कविता सुनाउनुभयो । एक तरिकाले त्यो मेरा लागि नयाँ जीवन थियो । कविता पढ्दै गर्दा बुबा रुन लाग्नुभएको थियो । मैले पहिलोपटक बुबालाई त्यस्तो अवस्थामा देखेँ ।

अब समयसँगै धेरै कुरा बदलिएको छ । बाबुजीको कविता र मेरो जन्मदिनमा आमाको खुशी याद आउँछ । केक काट्नमा अब मलाई रुचि छैन । अब त्यसको स्थान अब फलफुलको थालले लिएको छ ।

मेरा कैयन् अधूरा सपना छन् । म पियानो सिक्न चाहन्छु । कैयन् भाषा सिक्न चाहन्छु । साँच्ची, म गुरुदत्तसँग काम गर्न पाएको भए । म आफ्ना कुनै फिल्मको पनि आफ्ना लागि रिमेक बनाउन चाहन्न । जे गर्न थियो, त्यो गरियो । अब किन अघि नहेर्ने?

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ११ : ४१ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन