अमिताभ बच्चन: एक सुपरस्टार यस्ता पनि, जन्मदिनमा दिए भावुक सन्देश « Khabarhub

अमिताभ बच्चन: एक सुपरस्टार यस्ता पनि, जन्मदिनमा दिए भावुक सन्देश


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका महानायक अमिताभ बच्चनको आज ११ अक्टोबरमा जन्मदिन हो । उमेरले उनी ७७ वर्ष पुगिसकेका छन् । तर उनमा जोश जाँगर भने अझै पनि उत्तिकै छ । कुनै समय उनको फिल्म हेर्न दर्शकको लाइन लाग्ने गर्थ्यो । यतिसम्म कि, दर्शकले पहिलो शो को टिकट नपाउँदा दर्शकले अर्को शोको टिकटका लागि लाइन लाग्ने गर्थे ।

उनको फिल्म हलमा रिलिज हुँदा महिनौँसम्म टिकट पाइँदैनथ्यो । उनले एक वर्षमा ४ वटासम्म बल्कबस्टर फिल्म दिन्थे । हरेक फिल्म रिलिज हुँदा नयाँ रेकर्ड राख्ने अमिताभका अहिले पनि लाखौँलाख प्रशंसक छन् ।

उनले जन्मदिनको अवसर पारेर एक भावुक नोट सन्देश दिएका छन् । यस्तो छ उनको सन्देश:

यसमा सेलिब्रेट गर्नुपर्ने खासै कारण छैन । मेरा लागि यो दिन पनि अरु दिनजस्तै हो । म अहिले पनि काम गरिरहेको छु । मेरो शरीरले मेरो उत्साहका साथ तालमेल बनाएर राखिरहेको छ । म यसका लागि आभारी छु ।

बच्चाबेलामा मेरो जन्मदिनमा बुबाले सधै कविता लेखेर गाएर सुनाउनुहुन्थ्यो । परिवारमा यो एक रीत थियो । सन् १९८४ मा भएको भयानक दुर्घटनापछि यसले एक अलग रुपले लियो ।

बुबा जीले जन्मदिनमा कविता सुनाउनुभयो । एक तरिकाले त्यो मेरा लागि नयाँ जीवन थियो । कविता पढ्दै गर्दा बुबा रुन लाग्नुभएको थियो । मैले पहिलोपटक बुबालाई त्यस्तो अवस्थामा देखेँ ।

अब समयसँगै धेरै कुरा बदलिएको छ । बाबुजीको कविता र मेरो जन्मदिनमा आमाको खुशी याद आउँछ । केक काट्नमा अब मलाई रुचि छैन । अब त्यसको स्थान अब फलफुलको थालले लिएको छ ।

मेरा कैयन् अधूरा सपना छन् । म पियानो सिक्न चाहन्छु । कैयन् भाषा सिक्न चाहन्छु । साँच्ची, म गुरुदत्तसँग काम गर्न पाएको भए । म आफ्ना कुनै फिल्मको पनि आफ्ना लागि रिमेक बनाउन चाहन्न । जे गर्न थियो, त्यो गरियो । अब किन अघि नहेर्ने?

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ११ : ४१ बजे

आजका समाचार : राष्ट्रियसभा अधिवेशन अन्त्य, प्रसाईँले बालेन-सोबिताबारे नयाँ खुलासा गर्ने, दोस्रो खेलमा पनि नेपालको हार र बङ्गलादेशमा मतदान

नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिनुस्नेपाली

इण्डो-नेपाल टी-२० च्याम्पियनसीपको उपाधि भद्रपुर क्रिकेट क्लबलाई

झापा– जिल्लामा पहिलो पटक आयोजित कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको उपाधि

प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आज सोलुखुम्बुलगायत जिल्लाको भ्रमण गरी निर्वाचन

फेब्रुअरी २४ मा निर्वाचन गर्न असम्भव : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेब्रुअरी २४ मा राष्ट्रपतीय निर्वाचन

बसको ढोकाबाट खसेर बैतडीमा एक जानको मृत्यु

दशरथचन्द– बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ