चिनियाँ राष्ट्रपतिको १९ घन्टे नेपाल बसाइको यस्तो छ कार्यतालिका « Khabarhub

चिनियाँ राष्ट्रपतिको १९ घन्टे नेपाल बसाइको यस्तो छ कार्यतालिका


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिन फिङ दुई दिने नेपाल भ्रमणका लागि भोलि(शनिवार) नेपाल आउँदैछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा सी दुई दिने राजकीय भ्रमणमा आउन लागेका हुन् ।

छिमेकी मुलुक चीनबाट २३ वर्षपछि राष्ट्रपतिले नेपाल भ्रमण गर्न लागेका हुन् ।

शनिवार काठमाडौं अवतरण भएर सी आइतवार चीन फर्कने कार्यतालिका रहेको छ ।

१९ घन्टे नेपाल बसाइका क्रममा राष्ट्रपति सीले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली लगायत उच्च पदस्थहरुसँग भेटवार्ता गर्ने र केही सम्झौतामा हस्ताक्षर गर्नेसम्मका कार्यक्रम तय भएको छ ।

सीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्ने वा नगर्ने भन्ने कार्यतालिका तय भएको छैन ।

यस्तो छ सी को भ्रमण तालिका

शनिवार

अपराह्न ४ : ३० मा विमानस्थलमा अवतरण

साँझ ६ : ३० मा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता

साँझ ७ : ३० बजे सोल्टी होटलमा रात्रिभोज

आइतवार

विहान १० : ३० मा प्रचण्डसँग भेटवार्ता

बिहान ११ : ०० मा ओलीसँग भेटवार्ता र द्वीपक्षीय सम्झौता

दिउँसो १ : ०० मा चीन फिर्ता

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ११ : ३३ बजे

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन

‘मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं– नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका रुपमा

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन