सिन्धुपाल्चोक बस दुर्घटना– हेलिकोप्टर लिएर घाइते लिन पुगे मन्त्री « Khabarhub

सिन्धुपाल्चोक बस दुर्घटना– हेलिकोप्टर लिएर घाइते लिन पुगे मन्त्री


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाका घाइतेको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

प्रदेश नम्बर तीनका सामाजिक विकास मन्त्री युवराज दुलाल सेनाको हेलिकोप्टर लिएर घटनास्थल पुगेका हुन् । घटनास्थल दुलालको निर्वाचन क्षेत्रसमेत हो ।

घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको मन्त्री दुलालले जानकारी दिए ।

बस दुर्घटनामा ११ जनाको मृत्यु भइसकेको छ । भने हालसम्म पाँच जनाको पहिचना भएको छ ।

मृत्यु हुनेमा इन्द्रवती गाउँपालिकका ९ का हिरा श्रेष्ठ र विनोद लम्साल, इन्द्रावती गाउँपालिकाकै रितेस आचार्य रहेका छन् । त्यस्तै काभ्रे पाँचखालकी संगिता पुरकोटी र काभ्रेका केदार महाजु छन् । महाजु बसका चालक हुन् ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा शुक्रवार विहान बस दुर्घटना भएको थियो । इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस आज बिहान सडकबाट २०० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १ : ०७ बजे

एमाले अध्यक्ष ओलीलाई सान्तवना दिँदै बालेनले भने : पिताजस्तो रक्षक र गुरू कोही छैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी शर्मा ओलीका बुवा

प्रधानन्यायाधीश राउतलाई गृहनगरमा अभिनन्दन

कटारी- सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन गरिएको

जनअनुमोदित यी अनुहार : वकिलदेखि व्यवसायीसम्मको संसद् यात्रा

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपालको राजनीतिक

इरानका नागरिकले ‘अनअराइवल’ भिसा नपाउने

काठमाडौं– नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले आगमन