निबुवा खानुहुन्छ ? फाइदाबारे जानीराख्नुस् | Khabarhub Khabarhub

निबुवा खानुहुन्छ ? फाइदाबारे जानीराख्नुस्


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालीहरुको महान चाड दशै अझै सकिएको छैन ।  दशमीको दिनदेखी पूर्णिमासम्म टिका लगाउने र ठूला बडाको आर्शिवाद लिने चलन रहेको छ । तपाईको घरमा  पनि दशैं अझै सकिएको छैन होला । आफन्त र परिवारले तपाईको घरमा रमाइलो भइरहेको होला ।

दशैंमा मासुलाई विशेष परिवारको रुपमा लिइन्छ । तर अष्टमीकै दिनदेखि घरमा मासु खाँदा अहिलेसम्म तपाईलाई मासुप्रति अरुची पनि बढेको हुनसक्छ । गाउँघरमा यो समयमा मासु मात्र होइन, अम्बा, भोगटे, निबुवा पनि पाइन्छ ।

यो समय परिवार र आफन्तसँगै बसेर अमिलो निबुवामा नुन खुर्सानी हालेर सादेर खाने गरिन्छ । सायद तपाईले पनि खाने तयारी गर्दै हुनुहुन्छ होला । परिवार र आफन्त जम्मा भएर निबुवा खादा रमाइलो मात्र हुँदैन । तपाईको स्वास्थ्यलाई पनि फाइदा पुग्छ । निबुवा खाँदा स्वास्थ्यलाई हुने फाइदाबारे तपाईलाई थाहाँ छ ? यदी छैन भने हामी बताउछौं ।

निबुवाको फाइदा यस्तो छ

– निबुवाले मासु तथा खाना पचाउन सहज बनाउँछ,

–तपाईको घाँटीलाई सफा गर्छ,

–निबुवामा हुने अमिलोपनाले रक्सीको नशा चाँडै उतार्छ,

–निबुवालाई चुक बनाएर प्रयोग गर्न सकिन्छ । निबुवाको चुक सुन्निएको ठाउँमा प्रयोग गर्न पनि सकिन्छ,

–निबुवाको बा्ेक्रा सेवन गर्दा चिसोले घाँटीमा भएको कफ हटाउँछ,

– निबुवाको विउ पायल्स, पित्त विकार र जलन हटाउँछ,

–निबुवाले भोक जगाउँछ,

–निबुवा खाँदा पिसाब सम्बन्धी खराबी पत्थरी, दाँतको दुखाइ कम गराउन सहयोग पुग्छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ३ : ०५ बजे

उपेन्द्रले भने : विदेशमा रहेका बेला म विरुद्ध ठूलो राजनीतिक षड्यन्त्र गरियो

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु

संसद्‍मा बोल्न अनुमति माग्दै गृहमन्त्री रविले पठाए सभामुखलाई पत्र 

काठमाडौं–  संसद्‍मा बोल्न अनुमति माग्दै सभामुख देवराज घिमिरेलाई उपप्रधान तथा

बागमती प्रदेशमा वैशाख २८ देखि युवा सम्मेलन

मनहरी– बाग्मती प्रदेश युवा परिषद्ले दोस्रो प्रदेश युवा सम्मेलन आयोजना

व्यक्ति विशेष संसदीय छानबिन समिति असम्भव : सचेतक बर्तौला 

काठमाडौं –नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले व्यक्ति विशेष