चिनियाँ राष्ट्रपति सी भारतमा– ४० मिनेट मोदीसँग एक्लै वार्ता गर्ने « Khabarhub

चिनियाँ राष्ट्रपति सी भारतमा– ४० मिनेट मोदीसँग एक्लै वार्ता गर्ने


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनौपचारिक भ्रमणअन्तर्गत चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको चेन्नेइ पुगेका छन् ।

स्थानीय समयाअनुसार दिउँसो २ बजे चेन्नेइ पुगेका राष्ट्रपति सी शनिबार दिउँसोसम्म (करिब ६० घण्टा) त्यहाँ रहनेछन् ।

अनौपचारिक भ्रमणअन्तर्गत भारत पुगेका चिनियाँ राष्ट्रपति सीले तामिलनाडूको ऐतिहासिक शहर महाबलीपुरम (मामल्लपुर)मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।

चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच करिब ४० मिनेट एक्लाएक्लै (वानटुवान) वार्ता हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सी र मोदीको भेटवार्ताका क्रममा दुई देशका सम्बन्ध, हिन्द–प्रशान्त क्षेत्र, सीमा विवाद, आतंकवाद, व्यापार असन्तुलनलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  २ : ५६ बजे

अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमालेको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ– पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नेकपा एमालेले

पक्राउ परेका ओली अस्पताल भर्ना, ५०१ नम्बर बेडमा राखियो

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय (त्रिवि)

कांग्रेसले आज नवनिर्वाचित सांसदहरुका लागि सचेतना कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आज ‘संसदीय सचेतना’ कार्यक्रम

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।