सिन्धुपाल्चोक बस दुर्घटना अपडेट– १२ जनाको मृत्यु, घाइतेको उपचार हुँदै (नामावलीसहित) « Khabarhub

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट– १२ जनाको मृत्यु, घाइतेको उपचार हुँदै (नामावलीसहित)


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भोटसिपास्थित बडहरे चोक नजिक खोँचमा एक सवारी साधान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

सोही गाउँपालिका–९को सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस सडकबाट २०० मिटर तल खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पचासभन्दा बढी घाइते भएको स्थानीयवासी राजेन्द्र आचार्यले बताए ।

सो घटनामा क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनाको स्थिति हेर्दा थप क्षति हुनसक्ने देखिन्छ ।

दुर्घटनामा परेका प्राय सबै घाइते भएको हुनसक्ने अनुमान गरिएको र घटनाको थप विवरण आउन बाँकी रहेको उनको भनाइ थियो । छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० भन्दा बढी यात्रु उक्त बसमा चढेका प्रहरी नायब उपरीक्षक काफ्लेले बताए ।

कच्ची सडक र यात्रु बढी भएकाले हेलम्बु यातयातको सो बस दुर्घटना भएको हुन सक्ने बताइएको छ ।

पाँच जनाको सनाखत

प्रदेश नं ३का सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ उक्त बस दुर्घटनास्थलमा पुगेका थिए ।

हेलिकप्टर लिएर घटनास्थल आइपुग्नु भएका उनले घाइतेको उद्धारमा कुनै कमी हुन नदिन सुरक्षा निकायलाई निर्देशन दिनाका साथै अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिए ।

उक्त दुर्घटनामा मृत्यु भएका १२ मध्ये पाँच जनाको सनाखत भएको छ ।

सनाखत हुनेहरूमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी सङ्गीता पुरकोटी, इन्द्रवती–९ का हीरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही गाउँपालिकाका–१० का रितेश आचार्य छन् ।

घाइतेको नामावली

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ३ : १७ बजे

मुख्यमन्त्री शाहले गरे मतदान

सुदूरपश्चिम-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलाली निर्वाचन क्षेत्र नं २

कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको संवाद, इरान युद्धको शान्तिपूर्ण निकास खोज्न आग्रह

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

ढोरपाटन– यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन् । 

कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

एजेन्सी– पूर्वी कङ्गोको खनिज–सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मंगलबार

दोलखाको एउटा मतदानस्थलबाट ५६ बुक मतपत्र लुटियो, मतदान पनि अनिश्चित

दोलाखा- दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ स्थित मालुको गोल्मेश्वर