नेपाल बंगलादेशसँग पराजित « Khabarhub

नेपाल बंगलादेशसँग पराजित


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसीपमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

भुटानमा जारी तेस्रो संस्करणको साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको हो।

थिम्पुमा शुक्रबार भएको खेलमा बंगलादेशसँग २-१ ले पराजित हुँदै नेपालले लगातार हार व्यहोरेको हो ।

बंगलादेशलाई जित दिलाउन शाहिदा अख्तर र शामसुन्नहरले एक एक गोल गरिन् । नेपालकी अमिषा कार्कीले एक गोल फर्काईन् ।

पहिलो हाफमा २-० ले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल फर्काएपनि हारबाट जोगिन सकेन् ।

खेलको १२ औं मिनेटमा शाहिदा अख्तर रिपाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । २५ औं मिनेटमा कप्तान शामसुन्नहरले पेनाल्टीमा गोल गर्दै बंगलादेशलाई २-० को अग्रता दिलाए ।

दोस्रो हाफको ६४ औं मिनेटमा अमिषाले एक फर्काएपनि त्यो गोल नेपालको लागि सान्त्वना गोल रह्यो ।

यो हारसँगै उपाधि जित्ने लक्ष्यसहित भुटान पुगेको नेपालको उपाधि होड लगभग सकिएको छ । २ खेलमा नेपालले अंक जोड्न सकेको छैन । अब नेपालले अन्तिम खेलमा आइतबार भुटानसँग खेल्नेछ ।

यसअघि पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो ।

बंगलादेशको भने यो लगातार दोस्रो जित हो । २ खेलमा ६ अंक जोडेको बंगलादेश फाइनल नजिक पुगेको छ ।

बंगलादेशले पहिलो खेलमा घरेलु टोली भुटानलाई २–० गोल अन्तरले हराएको थियो ।

राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ९ : ४२ बजे

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२

एसएमसमार्फत आपत्तिजनक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी