नेपाल बंगलादेशसँग पराजित « Khabarhub

नेपाल बंगलादेशसँग पराजित


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसीपमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

भुटानमा जारी तेस्रो संस्करणको साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको हो।

थिम्पुमा शुक्रबार भएको खेलमा बंगलादेशसँग २-१ ले पराजित हुँदै नेपालले लगातार हार व्यहोरेको हो ।

बंगलादेशलाई जित दिलाउन शाहिदा अख्तर र शामसुन्नहरले एक एक गोल गरिन् । नेपालकी अमिषा कार्कीले एक गोल फर्काईन् ।

पहिलो हाफमा २-० ले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल फर्काएपनि हारबाट जोगिन सकेन् ।

खेलको १२ औं मिनेटमा शाहिदा अख्तर रिपाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । २५ औं मिनेटमा कप्तान शामसुन्नहरले पेनाल्टीमा गोल गर्दै बंगलादेशलाई २-० को अग्रता दिलाए ।

दोस्रो हाफको ६४ औं मिनेटमा अमिषाले एक फर्काएपनि त्यो गोल नेपालको लागि सान्त्वना गोल रह्यो ।

यो हारसँगै उपाधि जित्ने लक्ष्यसहित भुटान पुगेको नेपालको उपाधि होड लगभग सकिएको छ । २ खेलमा नेपालले अंक जोड्न सकेको छैन । अब नेपालले अन्तिम खेलमा आइतबार भुटानसँग खेल्नेछ ।

यसअघि पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो ।

बंगलादेशको भने यो लगातार दोस्रो जित हो । २ खेलमा ६ अंक जोडेको बंगलादेश फाइनल नजिक पुगेको छ ।

बंगलादेशले पहिलो खेलमा घरेलु टोली भुटानलाई २–० गोल अन्तरले हराएको थियो ।

राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ९ : ४२ बजे

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि

आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ को

गृहमन्त्री अर्यालद्वारा विभिन्न जिल्लाका मतदानस्थलको अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र

प्रतिनिधिसभा निर्वाचन : आयोगको ‘कल सेन्टर’मार्फत चार हजार बढी जिज्ञासा सम्बोधन

काठमाडौं – निर्वाचन आयोगले आममतदाता तथा सरोकार भएकाहरूको निर्वाचनसँग सम्बन्धित

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

गण्डकी – गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा