चाहरको ह्याट्रिक विकेटमा भारतले जित्यो सिरिज « Khabarhub

चाहरको ह्याट्रिक विकेटमा भारतले जित्यो सिरिज


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पाहुना टोली बंगलादेशविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज भारतले जितेको छ ।

आइतबार राति सम्पन्न तेस्रो तथा अन्तिम खेलमा मध्यम बलर दीपक चाहरले ट्वान्टी-२० क्रिकेटकै उत्कृष्ट बलिङ गर्दै ह्याट्रिक विकेट लिएपछि भारतले ३० रनले जितेको हो ।

भारतले सिरिजमा २-१ ले कब्जा जमाएको हो । भारतले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ४४ रनमा समेटियो ।

बंगलादेशको लागि मोहमद नाइमले ८१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै मोहमद मिथुनले २७ रन बनाए ।

बंगलादेशलाई सस्तैमा समेट्न भारतका दिपक चाहरले ह्याट्रिकसहित ६ विकेट लिए । १७ ओभर अन्तिम बल र १९ ओभरको सुरुवाती २ बलमा विकेट लिँदै ह्याट्रिक पुरा गरेका चाहरले मात्र ७ रन खर्चेर ६ विकेट लिएका हुन् ।

चाहरको यो बलिङ प्रदर्शन टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट कै उत्कृष्ट बलिङ फिगर हो । यस्तै शिभम डुबेले ३ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । भारतको लागि श्रेयर आयर र लोकेश राहुलले अर्धशतकीय इनिङ्स खेले । आयरले ६२ तथा राहुलले ५२ रन बनाए ।

यस्तै मनिष पाण्डेले अविजित २२ तथा शिखर धवनले १९ रन बनाए । कप्तान रोहित शर्मा २ रनमा आउट भए । बंगलादेशका इमुनुल इस्लाम र सौम्य सरकारले समान २/२ विकेट लिए ।

सिरिज अन्तर्गत पहिलो टी-ट्वान्टी बंगलादेशले ७ विकेटले जितेको थियो । दोस्रो खेलमा भने भारतले ८ विकेटको जित निकालेको थियो । अब दुई टोलीले दुई खेलको टेष्ट सिरिज खेल्ने छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ६ : १० बजे

सञ्चारगृहमा शंकास्पद गाडी राखिएको घटनाको विरोधमा उत्रियो रास्वपा, निष्पक्ष छानबिन गर्न सरकारसँग माग

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर

काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं– काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ

पहिरोमा परेर दुई जनाको मृत्यु

मान्म– कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको

झापाका पाँच सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण

काठमाडौं- भूमि समस्या समाधान समिति आयोगले झापाका पाँच जग्गाविहीन सुकुम्वासी

मुलुकलाई केन्द्रमा राखेर प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँ : आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकलाई केन्द्रमा