नेकपा सचिवालय बैठक आज « Khabarhub

नेकपा सचिवालय बैठक आज


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ ।

बैठक सोमबार(आज) बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बस्न लागेको हो । पार्टी एकताका बाँकी कामहरू पूरा गर्न सचिवालय बैठक बस्न लागेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठकबाट निर्वाचन आयोग, अनुशासन आयोग, लेखा परीक्षण आयोग, जेष्ठ कम्युनिस्ट मञ्च, राष्ट्रिय परिषद र केन्द्रीय सल्लाहकार परिषदको नेतृत्व चयन गर्ने तयारी नेकपाले गरेको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बाँकी रहेका आयोगमा हुने नियुक्तीमा आइतवार भएको छलफलमा सहमति जुटेको स्रोतको दाबी छ ।

दुई अध्यक्षबीच आइतबार दिउँसो बालुवाटारमा झन्डै डेढ घन्टा छलफल भएको थियो । छलफलमा मन्त्रिमण्डल हेरफेरको विषयमा समेत छलफल भएको र ओलीले प्रचण्डसँग मन्त्रीहरुको हेरफेरमा सहयोग मागेको श्रोतको दाबी छ ।

आज बस्ने सचिवालय बैठकमा पनि यसबारेमा छलफल हुनसक्ने सम्भावना छ । तर प्रवक्ता श्रेष्ठले भने मन्त्रिमण्डल हेरफेरको विषय बैठकको एजेण्डामा नरहेको बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ८ : ४३ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै