डा केसीलाई प्रहरीले अन्यत्रै लैजान खोजेको भन्दै डडेल्धुरा अस्पतालमा तनाव « Khabarhub

डा केसीलाई प्रहरीले अन्यत्रै लैजान खोजेको भन्दै डडेल्धुरा अस्पतालमा तनाव


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– अनशनरत डाक्टर गोविन्द केसीलाई अनसनस्थलबाट सार्न खोजेपछि डडेल्धुरा अस्पतालमा तनाव भएको छ ।

डडेल्धुरा अस्पतालले डा केसीको अवस्था नाजुक बनेको भन्दै उपचार सम्भवन नभएको आइतवार बताएको थियो ।

अस्पतालले केसीको रक्तचाप र मुटुको धड्कन अनियमित भएकोले सुविधासम्पन्न अस्पतालमा उपचारका लागि लैजानु पर्ने बताएको थियो ।

यससँगै सोमबार प्रहरीले डा केसीलाई डडेल्धुराबाट प्रादेशीक अस्पताल धनगढी लैजान खोजेपछि तनाव उत्पन्न भएको हो ।

डा केसीका समर्थकले प्रहरीले कता लैजाने नभनिकनै अस्पतालबाट उठाउन खोजेको भन्दै प्रतिवाद गरेका थिए ।

चिकित्सा शिक्षा सुधारको  ७ बुँदे माग राख्दै डा केसी १७ औं पटक अनसन बसेको आज एकसाता पुगेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १० : ०१ बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल