अन्तत : नेपाल र कुवेतको खेल भुटानमा हुने निश्चित « Khabarhub

अन्तत : नेपाल र कुवेतको खेल भुटानमा हुने निश्चित


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोट अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने निश्चित भएको छ ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र कुवेतबीचको खेल भुटानमा हुने जानकारी दिएको हो ।

काठमाडौंमा हुनु पर्ने खेल दशरथ रंगशालाको पुन: निर्माणको काम नसकिएका कारण एएफसीले विश्वकप छनोटको खेल खेलाउन नमिल्ने बताएको थियो ।

त्यसपछि एन्फाले भुटानमा खेल गराउन एएफसीसँग प्रस्ताव गरेको थियो । तर, कुवेतले आफू अनुकुल नहुने भन्दै भुटानमा नखेल्ने बताउँदै आएको थियो । तर, एन्फाले जुनसुकै हालतमा पनि भुटानमै खेल्नु पर्ने अडान लिएपछि एएफसीले भुटानमा गर्न स्वीकृती दिएको हो ।

कुवेतले यसअघि भिषा, होटल र मैदानमै प्रश्न उठाएको थियो । यसअघि शुक्रबार एएफसीले भुटानभन्दा अन्य ठाउँमा खेल आयोजना गर्न एन्फालाई भनेको थियो । तर, एन्फाको पहलमा भुटान फुटबल संघले कुवेतका लागि हुन सक्ने असहजतालाई सरलीकरण गर्ने प्रतिबद्धता जनाएपछि कुवेत भुटानमा खेल्न तयार भएको हो ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १२ : ५३ बजे

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन