युवकको कानभित्र ११ वटा जिउँदो साङ्गलो « Khabarhub

युवकको कानभित्र ११ वटा जिउँदो साङ्गलो


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको संवेदनशील अंगमा कान पनि पर्ने गर्दछ । कानको सहयताबाट हामी कुनै पनि ध्वनि सुन्ने गर्दछौँ ।

कानको संवेदनशीलता यतिसम्म हुन्छ कि कानमा थोरै पानी वा कुनै सानो वस्तु छिरेमा हामीलाई निकै पीडा हुने गर्दछ । अझ सानो आकारको कुनै जीवित भुसुना, कमिला वा किरा छिरे कानभित्र गुज्गुजाउनुका साथै असह्य पीडा हुने गर्दछ । तर के तपाई, कोही ब्यक्तिको कानमा ११ वटा साङ्गलो हुनसक्छ भनेर पत्याउनु हुन्छ ?

घटना चीनको हो । चीनका एक युवाको कानमा ११ वटा साङ्गलो फेला परेको छ ।

चीनको ग्वाङ्ग्जाओ प्रान्तको हुआंग जिल्लाका २४ बर्षीय युवा ल्वुको कानबाट चिकित्सकले ११ वटा जिउँदो साङ्गलो निकालेका छन् ।

राति सुत्ने बेलामा दाहिने कानमा अत्यधिक पीडा भएपछि ल्वु स्थानीय सनेह अस्पताल भर्ना भए । जहा उनको कानबाट चिकित्सकले ११ वटा जिउँदो साङ्गलो निकाले । उनका कानमा एक माउ साङ्गलोसहित त्यसका १० वटा साना बच्चाहरु थिए ।

चीनको डेली एक्सप्रेसकाअनुसार सनेह अस्पतालको नाक, कान घाटी (इएनटि) वार्डका चिकित्सकले ल्वुको कानबाट ११ वटा जिउँदो साङ्गलो फेला पारेको हो । बिरामी ल्वुका अनुसार केही दिन अघि उनको दाहिने कानमा भित्र–भित्रै चिलाउने र दुख्ने गर्दथ्यो ।

केही दिनसम्म यस समस्यालाई साधारण ठानेर उनले वास्ता गरेनन् । तर कानमा लगातार दुखाई बढेपछि ल्वु पीडा सहन नसकी अस्पताल भर्ना भएका थिए । जहाँ चिकित्सकले उनको कानमा यताउती घुमिरहेको १० वटा साङ्गलोको बच्चा देखे र तत्काल उपचार थाले ।

चिकित्सकले ल्वूको कानमा साधारण मेडिकल चिम्टीको सहयोगमा ठूलो शरीर भएको एउटा साङ्गलोसहित त्यसको १० बच्चा निकाले । चिकित्सकका अनुसार ल्वुको कानमा साङ्गलो पस्नुमा उनकै दोष देखिएको छ ।

सुत्ने बेलामा उनी ओछ्यानमा प्याकेट चिप्स राखेर खाने गर्दथे । जसको गन्ध र आर्कषणको कारण माउ साङ्गलो ओछ्यानमा आई उनको कानमा पस्यो र त्यही बच्चा पार्याे ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  २ : ०९ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर