किन आउँछ डण्डिफोर ? कम गर्ने ७ उपाय « Khabarhub

किन आउँछ डण्डिफोर ? कम गर्ने ७ उपाय


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राय मानिसलाई किशोर अवस्थामा डण्डिफोर आउने गर्दछ । किशोरबाट युवा अवस्था प्रवेश गर्ने बेलामा आउने डण्डिफोरले धेरैलाई असहज बनाउने गर्दछ ।

हर्मोनको गडबडीका कारण आउँने डण्डिफोर ग्रन्थीमा असन्तुलन भएर आउने गर्दछ । तर डण्डिफोर आउँदा यसले सुन्दरतामा केही प्रभाव पारे पनि स्वास्थ्यमा भने हानी गर्दैन ।

यदि डण्डिफोरलाई कालो हुने अवस्थासम्म चलाइएन वा निचोरिएन भने पछि खिल बस्ने हुन्छ । जसलाई सजिलै निकाल्न सकिन्छ ।

ग्रन्थीको असन्तुलन बाहेक डण्डिफोर आउनुको मुख्य कारण भनेको अव्यवस्थित जीवनशैली, खानपान, तनाव तथा अनिद्रा हो । केही महिलालाई महिनावारी हुनुअघि पनि डन्डिफोरले सताउने गर्दछ ।

डण्डिफोर कम गर्ने उपाय

१. डण्डिफोर आउँने समस्याबाट बच्न नियमित २ पटक सफा पानीले अनुहार धुनु पर्दछ ।

२. सकेसम्म चिल्लो र मसलेदार खाना कम खाने गर्नुपर्दछ ।

३. ताजा फलफूल, हरियो सागसब्जी तथा प्रसस्त पानी पिउने गर्नुपर्छ ।

४. डन्डिफोर आउँने बित्तिकै यसलाई चलाउने तथा निर्चाेनु हुँदैन, कालो खिल बस्न दिनुपर्छ ।

५. सकेसम्म कम मात्रामा मेकअप गर्नुपर्छ, र एकै ब्राण्डको मेकअप सामाग्रीको प्रयोग गर्नुपर्छ ।

६. डण्डिफोर आएमा निमको पत्ता पिसेर लगाउँदा धेरै हदसम्म नियन्त्रण हुन्छ ।

७. यदि धेरै डण्डिफोर आएको छ भने, सातामा तीन पटकसम्म तातो पानीको बाफ लिनुपर्छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  २ : ५७ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६