किन आउँछ डण्डिफोर ? कम गर्ने ७ उपाय « Khabarhub

किन आउँछ डण्डिफोर ? कम गर्ने ७ उपाय


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राय मानिसलाई किशोर अवस्थामा डण्डिफोर आउने गर्दछ । किशोरबाट युवा अवस्था प्रवेश गर्ने बेलामा आउने डण्डिफोरले धेरैलाई असहज बनाउने गर्दछ ।

हर्मोनको गडबडीका कारण आउँने डण्डिफोर ग्रन्थीमा असन्तुलन भएर आउने गर्दछ । तर डण्डिफोर आउँदा यसले सुन्दरतामा केही प्रभाव पारे पनि स्वास्थ्यमा भने हानी गर्दैन ।

यदि डण्डिफोरलाई कालो हुने अवस्थासम्म चलाइएन वा निचोरिएन भने पछि खिल बस्ने हुन्छ । जसलाई सजिलै निकाल्न सकिन्छ ।

ग्रन्थीको असन्तुलन बाहेक डण्डिफोर आउनुको मुख्य कारण भनेको अव्यवस्थित जीवनशैली, खानपान, तनाव तथा अनिद्रा हो । केही महिलालाई महिनावारी हुनुअघि पनि डन्डिफोरले सताउने गर्दछ ।

डण्डिफोर कम गर्ने उपाय

१. डण्डिफोर आउँने समस्याबाट बच्न नियमित २ पटक सफा पानीले अनुहार धुनु पर्दछ ।

२. सकेसम्म चिल्लो र मसलेदार खाना कम खाने गर्नुपर्दछ ।

३. ताजा फलफूल, हरियो सागसब्जी तथा प्रसस्त पानी पिउने गर्नुपर्छ ।

४. डन्डिफोर आउँने बित्तिकै यसलाई चलाउने तथा निर्चाेनु हुँदैन, कालो खिल बस्न दिनुपर्छ ।

५. सकेसम्म कम मात्रामा मेकअप गर्नुपर्छ, र एकै ब्राण्डको मेकअप सामाग्रीको प्रयोग गर्नुपर्छ ।

६. डण्डिफोर आएमा निमको पत्ता पिसेर लगाउँदा धेरै हदसम्म नियन्त्रण हुन्छ ।

७. यदि धेरै डण्डिफोर आएको छ भने, सातामा तीन पटकसम्म तातो पानीको बाफ लिनुपर्छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  २ : ५७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले