महाबाणिज्य दूतहरुको काठमाडौंमा विश्व सम्मेलन हुने « Khabarhub

महाबाणिज्य दूतहरुको काठमाडौंमा विश्व सम्मेलन हुने


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा महाबाणिज्य दूतहरुको तीन दिवसीय सम्मेलन हुने भएको छ ।

महाबाणिज्य दूतहरुको छाता संगठन विश्व महाबाणिज्य काउन्सिल (फिका) र अवैतनिक कन्सुलर नेपाल एचसीसीले सोमबार पत्रकार सम्मलेन गरी सम्मेलनबारे जानकारी दिएका हुन् । सम्मेलन कात्तिक २६ देखि २९ गतेसम्म चल्ने एचसीसीले जानकारी दिएको छ ।

विश्वमा पछिल्लो समय भइरहेको आर्थिक गतिविधि, सामाजिक रुपान्तरण, जलवायु परिवर्तनजस्ता विषयमा सम्मेलनमा छलफल हुने एचसीसी साउथ एसियान डिन प्रदिपकुमार श्रेष्ठले जानकारी गराए ।

विश्व अर्थतन्त्रसँगै नेपालका गतिविधि, पर्यटन क्षेत्र, माइग्रेशन, अध्यागमन जस्ता विषयमा पनि सम्मेलनमा छलफल गरिने उनको भनाइ छ ।

विश्व अर्थतन्त्रमा सहज वातावरण निर्माण गर्नका लागि ऐक्यबद्धता जनाउँने उद्देश्यले सम्मलेनको आयोजना गरिएको फिकाले जनाएको छ ।

सम्मेलनमा सामाजिक ऐक्यबद्धता, लैंगिक समानता, मौसम परिवर्तन र विश्वव्यापीकरण जस्ता विषयमा छलफल हुने भएको छ ।

सम्मेलनको उदघाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्ने कार्यक्रम तय भएको छ । उक्त सम्मलेनमा परराष्टमन्त्री प्रदिप कुमार ज्ञवालीले सम्बोधन गर्ने कार्यक्रम रहेका फिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ४ : ०१ बजे

इरानको नटान्ज आणविक केन्द्रमा हमला

काठमाडौं- इरानको मुख्य आणविक केन्द्र नटान्जमा पुनः आक्रमण भएको छ

ट्राफिक कारबाहीबाट १३ लाख राजस्व संकलन

कर्णाली– कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारीसाधनबाट फागुनमा १३ लाख

नेपालगञ्जमा इद उल फित्र मनाइयो

नेपालगञ्ज– मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व

नयाँ सरकार राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर हुनुपर्ने

काठमाडौं– आम जनता पार्टी(आजपा) ले नयाँ सरकार राष्ट्रिय सुरक्षा र

जातीय भेदभाव र छुवाछूत अन्त्य गर्न दलित अगुवाहरूको माग

काठमाडौं– दलित अधिकारकर्मी तथा अगुवाहरूले दलित समुदायमाथि हुने जातीय भेदभाव