साग खेल्ने पुरुष फुटबल टोली घोषणा | Khabarhub Khabarhub

साग खेल्ने पुरुष फुटबल टोली घोषणा


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने नेपाली यू–२३ राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।

प्रतियोगिता शुरु हुन २० दिन मात्रै बाँकी रहँदा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ३ सिनियर खेलाडीसहित यू–२३ राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका हुन् ।

मुख्य प्रशिक्षक महर्जनले सिनियर खेलाडी विकेश कुथु, विक्रम लामा र सुजल श्रेष्ठलाई टोलीमा स्थान दिएका छन् ।

सोमबार घोषित टोलीमा गोलकिपरमा विकेशसँगै अर्पण कार्की र दिप कार्की छन् भने डिफेन्डरमा अनन्त तामाङ, दिनेश राजबंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास, मिक्चेन तामाङ र क्रिछिङ गुरुङ छन् ।

यता मिडफिल्डमा सुजल श्रेष्ठसँगै सुनिल बल, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आङदाम्बे र तेज तामाङ रहँदा फर्वाडमा विमल घर्ती मगर, अभिषेक रिजाल, रेजिब सुब्बा र अन्जन बिष्ट छन् । यो टोलीका अधिकाशं खेलाडी सम्मिलित टोलीले १२ औं संस्करणको सागमा स्वर्ण जितेका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ६ : ०० बजे

वेस्टइन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको चुनौती

काठमाडौं– वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

बरहथवा– सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला

वेस्टइन्डिज ए ले बनायो २०० रन 

काठमाडौं– नेपाल र वेस्टइन्डिज ए बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको

निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा उम्मेदवार लिम्बूलाई के हुन्छ कारबाही ?

इलाम – इलाम-२ मा भइरहेको उपनिर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका

इलाममा ४३ प्रतिशत मत खस्यो

इलाम- इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला