सफलता चाहान्छौ भने आफैं प्रयास गर, अर्काको भर नपर « Khabarhub

सफलता चाहान्छौ भने आफैं प्रयास गर, अर्काको भर नपर


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

भगवान गौतम बुद्ध इसा पूर्व ५६३ को छैठौं शताब्दीमा जन्मिएका थिए भने ८० वर्षको उमेर अर्थात इसा पूर्व ४८३ मा उनको निधन भयो ।

उनी एक अन्तरज्ञानी र गुरु थिए । उनले नै बुद्ध धर्मको जग बसालेका हुन् । आज हामीले तिनै महान बुद्धका केही भनाईहरु उल्लेख गरेका छौं । जुन भनाईं तपाईंको लागि जीवन उपयोगी बन्न सक्छन् ।

– सूर्य, चन्द्रमा र सत्य यी तीन चिज धेरै लामो समयसम्म लुक्न सक्दैन ।

– तिमी आफ्नो सफलता चाहान्छौ भने आफैं प्रयास गर, अर्काको भर पर्‍यौ भने सफलता मुस्किल छ ।

– एउटा शाश्वत सत्य के हो भने घृणा प्रेमले अन्त्य हुन्छ, घृणाले होइन ।

– बिना स्वास्थ्य जीवन, जीवन होइन पीडाको भण्डार हो ।

– मन सबैथोक हो, जसरी तिमी सोच्छौं, त्यस्तै बन्छौ ।

– सत्यको बाटोमा हिँडिरहेका व्यक्तिले पनि दुईवटा गल्ती गर्न सक्छन्, एउटा पूरा बाटो तय नगर्ने र अर्को, यसको सुरुवात पनि नगर्ने ।

– इच्छा यस्तो चिज हो, जुन कहिल्यै अन्त्य हुँदैन ।

– शंका गर्ने बानी सबैभन्दा खतरनाक हुन्छ, जसले सुमधुर सम्बन्धलाई सखाप पार्छ ।

– गुनासोयुक्त विचारबाट मुक्ति खोज्नुस्, जीवनमा शान्ति मिल्छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ६ : ३४ बजे

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका

स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार

बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)

प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा