रुप ज्योतिका दाई पद्म ज्योतिलाई पनि पक्राउ गर्न आदेश « Khabarhub

रुप ज्योतिका दाई पद्म ज्योतिलाई पनि पक्राउ गर्न आदेश


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला अदालत काठमाडौंले ठगी आरोपमा व्यवसायी रुप ज्योतिमाथि अनुसन्धान भइरहेका बेला उनका दाइ पद्म ज्योतिलाई समेत पक्राउ गर्ने आदेश दिएको छ ।

पद्म ज्योतिलाई पनि ठगी आरोपमा पक्राउ गर्न आदेश दिइएको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले ज्योतिलाई पक्राउको अनुमति दिएको हो ।

ल्याण्डमार्क डेभलपर्सको नाममा आफूलाई ठगी गरेको भन्दै काठमाडौंका विजेन्द्रकृष्ण मल्लले दिएको उजुरीका आधारमा प्रहरीले ज्योतिलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति मागेको थियो ।

प्रहरीले अनुमति मागेपछि न्यायाधीश भट्टराईको एकल इजलासले पक्राउको उनलाई पक्राउ गर्न अनुमति दिएको हो ।

मल्लको उजुरीकै आधारमा प्रहरीले पद्म ज्योतिका भाइ रूप ज्योतिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । मल्लको जाहेरीका आधारमा रुप ज्योति र उनकी छोरी सुरुचीलाई केही दिन अघि त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।

पद्म ज्योति नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा ज्योति समूहका अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ७ : २१ बजे

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली