सत्य निरुपण आयोगबारे सिफारिस समितिको बैठक शुक्रबार बस्ने « Khabarhub

सत्य निरुपण आयोगबारे सिफारिस समितिको बैठक शुक्रबार बस्ने


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी चयन तथा कानून संशोधनका विषयमा सोमबार बस्ने भनिएको बैठक शुक्रबार बस्ने भएको छ ।

सिफारिस समितिको सोमबारको बैठक प्राविधिक कारणले बस्न नसकेकाले यही कात्तिक २९ गते शुक्रबार बस्ने तय भएको समितिका सदस्य शर्मिला कार्कीले जानकारी दिइन् ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गत चैतमा सरकारले दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो ।

अहिलेसम्म पदाधिकारीका लागि सम्भावित नाममा उजूरी आह्वान गर्ने प्रक्रिया बाहेक अरु काम हुनसकेको छैन् ।

दुई आयोगका पदाधिकारी नियुक्तिका विषयमा दलबीचमा सहमति नजिक पुगेको हुँदै चाँडै पदाधिकारी नियुक्ति गर्ने तयारी भइरहेको छ । दुवै आयोग पदाधिकारीबिहीन हुँदा सङ्क्रमणकालीन न्यायमा ढिलाई भइरहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १० : ०१ बजे

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’