एकान्त स्थलमा बसेर के गर्दैछन् प्रचण्ड ? « Khabarhub

एकान्त स्थलमा बसेर के गर्दैछन् प्रचण्ड ?


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको प्रतिवेदन लेखनमा व्यस्त बनेका छन् ।

पार्टीमा कार्यकारी अध्यक्ष भएसँगै निरन्तर बैठक आह्वान गरिरहेका प्रचण्ड पछिल्लो समय पार्टीको स्थायी कमिटीको बैठकको तयारीका लागि जुटेका हुन् ।

मंसिर २९ र ३० गतेका लागि तय भएको नेकपा स्थायी कमिटी बैठकका लागि राजनीतिक कार्यदिशा, पार्टीको भावी योजना सहितको राजनीतिक प्रतिवेदन लेख्नका लागि प्रचण्ड व्यस्त भएका हुन् । उनी राजधानीकै कुनै एक ‘गोप्य’ स्थानमा राजनीतिक प्रतिवेदन लेखनमा व्यस्त बनेका हुन् ।

‘बैठकका लागि आवश्यक राजनीतिक प्र्रतिवेदन, पार्टीको भावी योजना बारे तयारी गर्न उहाँ जुट्नु भएको छ,’ प्रचण्ड निकट श्रोतले भन्यो,‘उहाँ राजधानीकै एक शान्त र एकान्त स्थलमा हुनुहुन्छ ।’

प्रचण्डले स्थायी कमिटी बैठक अघि बस्ने सचिवालय बैठकमा समेत उक्त प्रतिवेदन पेश गर्ने र सचिवालयको सुझाव अनुसार त्यसलाई परिमार्जन गर्ने छन् ।

‘सचिवालय बैठकको निर्णय र निर्देशन अनुसार प्रतिवेदनमा थप घट हुनसक्छ’ श्रोतले भन्यो,‘त्यसपछि स्थायी समिति बैठक अघि पनि उहाँ केही दिन शान्त स्थानमा रहेर प्रतिवदने लेखलाई अन्तिम रुप दिन खटिनुहुनेछ ।’

प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएसँगै अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँगको सल्लाहमा दुई पटक बैठक राखिसकेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  २ : १३ बजे

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी