अन्तर्राष्ट्रिय आप्रवासन दिवसका लागि श्रम मन्त्रालयले गर्‍यो ‘कार्यक्रम’ घोषणा | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय आप्रवासन दिवसका लागि श्रम मन्त्रालयले गर्‍यो ‘कार्यक्रम’ घोषणा


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउनका लागि ‘कार्यक्रम’ घोषणा गरेको छ ।

मन्त्रालयले सातै प्रदेशका स्थानीय तहसँग समन्वयन गरेर आप्रवासन दिवस मनाउन बिहीबार पत्राकार सम्मेलन गरेर जानकारी दिएको छ ।

मन्त्रालयले आप्रवासन दिवसका अवसरमा वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा सूचना प्रवाह, स्थानीय तहमा विभिन्न कार्यक्रम गर्ने, वैदेशिक रोजगारीसम्बन्धी सडक नाटक, सुरक्षित रोजगारीका उपाय र वैदेशिक रोजगारीका फाइदा बेफाइदा जस्ता विषयमा सचेतना कार्यक्रम गर्ने जनाएको छ ।

श्रम मन्त्रालयले आप्रवासनमा रहेका श्रमिक सुरक्षाा तथा रोजगारीसँगै मानव अधिकारको बारेमा गम्भीर भएर काम गरिरहेको मन्त्रालयका सचिव विनोद केसीको भनाइ छ ।

आप्रवासनमा रहेका श्रमिकको कमाइलाई सुरक्षीत लगानीको वातावरण बनाउन सरकारले योजना बनाइरहेको पनि उनको भनाइ छ ।

श्रम मन्त्रालयले विभिन्न संस्था, ट्रेड युनियनहरुसँगको समन्वयनमा आप्रवासन दिवस मनाउने जनाएको छ । सन् १९९० देखि हरेक वर्षको डिसेम्वर १८ का दिन विश्वभर आप्रवासन दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  २ : २८ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका