नेपाल–भारत ‘संयुक्त सैन्य अभ्यास’मा तीन सय भारतीय सैनिक सहभागी « Khabarhub

नेपाल–भारत ‘संयुक्त सैन्य अभ्यास’मा तीन सय भारतीय सैनिक सहभागी


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–भारत संयुक्त सैन्य अभ्यासमा तीन सय भारतीय सैनिक अधिकृत तथा जवान सहभागी भएका छन् ।

रुपन्देहीमा जारी संयुक्त सैन्य अभ्यासमा प्रतिबिद्रोह, प्रतिआतंकबाद र जंगल वारफेयरसम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा कसरी प्रयोग गर्ने विषयमा जानकारी प्रदान गरिनेछ ।

एक्स सूर्यकिरण नाम दिइएको सो संयुक्त सैन्यअभ्यास को १४औं श्रृखलामा नेपाली सेनाका तर्फबाट पनि ३ सय कै सख्यामा सैन्य अधिकारी सहभागी छन्।

सैनिक ब्याटल स्कूल रुपन्देहीको सालझण्डीमा मंसिर १७ देखि जारी संयुक्त सैन्य अभ्यास मंसिर ३० मा समापन हुँदैछ।

सैन्य अभ्यासको मध्यपश्चिम पृतनापति उपरथी सिताराम खड्काले शुभारम्भ गरेका थिए। नेपाल र भारतमा वर्षेनी आलोपालो गरी संयुक्त सैन्य सञ्चालन हुने गरेको छ । अघिल्लो वर्ष भारतमा गरिएको थियो। सो अभ्यसमा नेपालबाट ९ जना महिला अधिकृत र जवानको सहभागिता थियो।

नेपाल–भारत बीचको संयुक्त सैन्यअभ्यास एक्स सूर्यकिरण २०६७ बाट सुरु भएको हो।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ८ : १६ बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग