नेपाल–भारत ‘संयुक्त सैन्य अभ्यास’मा तीन सय भारतीय सैनिक सहभागी | Khabarhub Khabarhub

नेपाल–भारत ‘संयुक्त सैन्य अभ्यास’मा तीन सय भारतीय सैनिक सहभागी


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–भारत संयुक्त सैन्य अभ्यासमा तीन सय भारतीय सैनिक अधिकृत तथा जवान सहभागी भएका छन् ।

रुपन्देहीमा जारी संयुक्त सैन्य अभ्यासमा प्रतिबिद्रोह, प्रतिआतंकबाद र जंगल वारफेयरसम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा कसरी प्रयोग गर्ने विषयमा जानकारी प्रदान गरिनेछ ।

एक्स सूर्यकिरण नाम दिइएको सो संयुक्त सैन्यअभ्यास को १४औं श्रृखलामा नेपाली सेनाका तर्फबाट पनि ३ सय कै सख्यामा सैन्य अधिकारी सहभागी छन्।

सैनिक ब्याटल स्कूल रुपन्देहीको सालझण्डीमा मंसिर १७ देखि जारी संयुक्त सैन्य अभ्यास मंसिर ३० मा समापन हुँदैछ।

सैन्य अभ्यासको मध्यपश्चिम पृतनापति उपरथी सिताराम खड्काले शुभारम्भ गरेका थिए। नेपाल र भारतमा वर्षेनी आलोपालो गरी संयुक्त सैन्य सञ्चालन हुने गरेको छ । अघिल्लो वर्ष भारतमा गरिएको थियो। सो अभ्यसमा नेपालबाट ९ जना महिला अधिकृत र जवानको सहभागिता थियो।

नेपाल–भारत बीचको संयुक्त सैन्यअभ्यास एक्स सूर्यकिरण २०६७ बाट सुरु भएको हो।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ८ : १६ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड