गुटले छाडेन नेकपालाई, तानातानमा ‘गृहमन्त्री’ « Khabarhub

गुटले छाडेन नेकपालाई, तानातानमा ‘गृहमन्त्री’


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा नेकपाभित्र ‘तानातान’ मा परेका छन् । पार्टीमा रहेका विभिन्न गुटमध्ये ३४ केन्द्रीय सदस्यलाई आफ्नो पक्षमा राख्न सफल गृहमन्त्री थापा सरकारमा मात्र होइन, पार्टी राजनीतिमा पनि निर्णायक देखिएका छन् ।

पार्टीको सांगठनिक एकता प्रक्रियामा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधव नेपालबीच गुटगत प्रतिस्पर्धा चलिरहँदा उनी कतै खुलेका थिएनन् । तर सचिवालय बैठकमा थापा एक्लै भए पनि ‘निर्णायक’ पोजिसनमा छन् । त्यसैले थापा तानातानमा परेको अन्नपूर्ण पोस्टमा खबर छ।

नेकपा सचिवालयभित्र वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको एउटा गुट छ । अध्यक्ष ओली, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलको अलग्गै गुट छ । दुई अलग गुट देखापरेपछि थापा एक्लै भए पनि निर्णायक देखिएका हुन् ।

अध्यक्ष दाहाल अर्का अध्यक्ष ओली तथा नेपाल दुवै समूहसँगको समदुरी सम्बन्धमा देखिए पनि भित्री रूपमा उनी नेपाल पक्षसँग नजिकिन थालेका छन् । उनी तत्काल अध्यक्ष ओलीसँगको सम्बन्ध बिगार्न र आफ्नो पक्षधरता खुलाइहाल्ने पक्षमा देखिँदैनन् । गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य थापा ओली इतर पक्षमा खुलेमा त्यो पक्षसँग बहुमत रहेको आधारमा आफूलाई पनि पार्टीभित्र बोल्न सजिलो पर्ने ठम्याइ दाहालको छ । तर थापा नखुलिदिँदा नेकपाभित्रको सचिवालयमा समीकरण हेरफेर र अध्यक्ष ओलीको निर्णयमा ‘हस्तक्षेप’ गरिहाल्न सक्ने अवस्थामा सचिवालयका कुनै नेता देखिँदैनन् ।

‘सचिवालयमा गृहमन्त्री थापा ‘स्टाइकर’ को भूमिकामा छन्,’ सचिवालयका एक नेताले भने, ‘उनी जता खुल्छन्, त्यतै बहुमतको निर्णय हुनेछ ।’

नेकपाभित्र थापाको छुट्टै गुट छ । तत्कालीन माओवादीमा रहेको उनको अलग्गै गुट अहिले पनि यथावत् छ । तत्कालीन माओवादी विभाजनका बेला मोहन वैद्यसँग लागेका थापा पाँच वर्षपछि बहुमत नेताकार्यकर्ता लिएर पुनः दाहाल नेतृत्वको माओवादीमै फर्केका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ६ : ३८ बजे

कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता

बोगोटा- पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु

श्रीलङ्कामा नौ भारतीय माझी पक्राउ

कोलम्बो- श्रीलङ्काली नौसेनाले श्रीलङ्काको जल क्षेत्रमा अवैध रूपमा माछा मारिरहेको

चुनदेवीमा सभापतिको बोर्ड टाँसेका देउवालाई सानेपाले कसरी सम्बोधन गर्ला ?

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा करिब पाँच महिनाको स्वास्थ्य

हुलाकमार्फत करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा

काठमाडौं– हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाई ‘सरकारी कुरियर

बाँदर आतंकले दोलखाका किसान हैरान, मकै जोगाउन खोज्दा ज्यान जोखिममा 

दोलखा– जिल्लामा पछिल्ला दिनमा जंगली जनावर बाँदरको आतंक बढेपछि जिल्लाभरका