श्रीमतीको उपचार गर्न प्रचण्ड अमेरिका जाने « Khabarhub

श्रीमतीको उपचार गर्न प्रचण्ड अमेरिका जाने


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीता दाहालको उपचारका लागि अमेरिका जाने भएका छन् । उनी चैतको ४ गते (मार्च १८) मा अमेरिका जाने तयारीमा रहेका छन् ।

अस्वस्थ सीता दाहालको यसअघि दुई पटक सिंगापुरमा उपचार गरिएको थियो । त्यहाँका चिकित्सकले अमेरिकामा गएर उपचार गर्ने सुझाव दिएपछि प्रचण्ड श्रीमतीलाई लिएर अमेरिका जाने तयारीमा लागेका थिए । प्रचण्डको अमेरिका भ्रमणको व्यवस्था मिलाउन नेपालस्थित अमेरिकी दूतावास र प्रचण्डको सचिवालयबीच कुराकानी भइरहेको छ ।

प्रचण्डले श्रीमती सीताको अमेरिकाको बाल्टिमोडमा रहेको जोन होप्किङ्स अस्पतालमा उपचार गर्ने तयारी गरेका छन् ।

विगत केही वर्षदेखि अस्वस्थ देखिएकी दाहाल छोरा प्रकाश दाहाललाई गुमाएपछि अझै बढी कमजोर बनेको प्रचण्डको सचिवालयले जनाएको काठमाडौं पोस्टमा खबर छ । प्रचण्डको अमेरिका भ्रमण विशुद्ध श्रीमतीको उपचारका लागि हुने र कुनै राजनीतिक भेटघाटको कार्यक्रम नबनाइएको सचिवालयले जनाएको छ ।

प्रचण्डले भेनेजुएला प्रकरणमा दिएको अभिव्यक्ति र द्वन्द्वकालीन घटनाका विषयलाई लिएर उनको अमेरिका भ्रमणलाई महत्वपूर्ण रुपमा लिइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ९ : ४२ बजे

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय