अमेरिकामा हुने फिल्म फेस्टिभलमा ‘बुलबुल’ प्रदर्शन गरिने « Khabarhub

अमेरिकामा हुने फिल्म फेस्टिभलमा ‘बुलबुल’ प्रदर्शन गरिने


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीन वर्षदेखि अमेरिकाको मेरिल्याण्डमा हुँदै आएको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा बुलबुल प्रदर्शन हुने भएको छ ।

निर्देशक विनोद पौडेलका अनुसार आयोजकले ‘बुलबुल’ लाई पहिलो फिल्मका रुपमा रिलिज गर्नेछन् । यो फिल्म ओपनिङ फिल्मका रुपमा फेस्टिभलमा प्रदर्शन हुनेछ ।

जुन २८ देखि ३० तारिखसम्म मेरिल्यान्डमा हुने महोत्सवमा मौलिक फिल्मको प्रदर्शनसँगै नेपाली फिल्मका पात्र र प्रवृत्तिमाथि पनि चर्चा गरिनेछ ।

‘बुलबुल’ मा स्वस्तिमा खड्काको शीर्ष भूमिका छ । स्वस्तिमाले फिल्ममा टेम्पो चालकको भूमिकाको निभाएकी छिन् । यस्तै फिल्ममा मुकुन ढकाल, जोयश पाण्डे, लक्ष्मी बर्देवा, दीपक क्षेत्री लगायतका कलाकारको अभिनय छ ।

फिल्मले समीक्षात्मक रुपमा उत्कृष्ट तारिफ पाएको छ । फागुन ३ देखि रिलिजमा उत्रिएको यो फिल्म अहिले पनि काठमाडौंका केही मल्टिप्लेक्स हलमा प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  १२ : १३ बजे

‘क्यानाडा गाजाको शान्ति प्रयासमा सक्रिय रहनेछ’

एजेन्सी – क्यानाडाका अर्थ मन्त्री फ्रान्स्वा–फिलिप च्याम्पेनले अमेरिकी प्रशासनका केही

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम

तनहुँको व्यासमा साहित्यिक महोत्सव, बहुभाषिक सिर्जकहरू एकै मञ्चमा

तनहुँ– तनहुँको व्यास नगर प्रज्ञा परिषद्को आयोजनामा शुक्रबारदेखि व्यास नगर