अमेरिकामा हुने फिल्म फेस्टिभलमा ‘बुलबुल’ प्रदर्शन गरिने | Khabarhub Khabarhub

अमेरिकामा हुने फिल्म फेस्टिभलमा ‘बुलबुल’ प्रदर्शन गरिने


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीन वर्षदेखि अमेरिकाको मेरिल्याण्डमा हुँदै आएको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा बुलबुल प्रदर्शन हुने भएको छ ।

निर्देशक विनोद पौडेलका अनुसार आयोजकले ‘बुलबुल’ लाई पहिलो फिल्मका रुपमा रिलिज गर्नेछन् । यो फिल्म ओपनिङ फिल्मका रुपमा फेस्टिभलमा प्रदर्शन हुनेछ ।

जुन २८ देखि ३० तारिखसम्म मेरिल्यान्डमा हुने महोत्सवमा मौलिक फिल्मको प्रदर्शनसँगै नेपाली फिल्मका पात्र र प्रवृत्तिमाथि पनि चर्चा गरिनेछ ।

‘बुलबुल’ मा स्वस्तिमा खड्काको शीर्ष भूमिका छ । स्वस्तिमाले फिल्ममा टेम्पो चालकको भूमिकाको निभाएकी छिन् । यस्तै फिल्ममा मुकुन ढकाल, जोयश पाण्डे, लक्ष्मी बर्देवा, दीपक क्षेत्री लगायतका कलाकारको अभिनय छ ।

फिल्मले समीक्षात्मक रुपमा उत्कृष्ट तारिफ पाएको छ । फागुन ३ देखि रिलिजमा उत्रिएको यो फिल्म अहिले पनि काठमाडौंका केही मल्टिप्लेक्स हलमा प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  १२ : १३ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका