विपिन र दयाहाङको ‘जात्रै जात्रा’ रिलिज मिति फाइनल « Khabarhub

विपिन र दयाहाङको ‘जात्रै जात्रा’ रिलिज मिति फाइनल


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन १७ गते रिलिज हुने भनी टिजर समेत सार्वजनिक गरिएको फिल्म ‘जात्रै जात्रा’ निर्धारित समयमा रिलिज भएन । कारण थियो, फिल्मको शूटिङ चलिरहँदा मुख्य अभिनेता विपिन कार्की मोटरसाइकल दुर्घटनामा परे ।

अहिले भने यो फिल्मको नयाँ रिलिज डेट फाइनल भएको छ । निर्माण टिमले ‘जात्रै जात्रा’ को एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति आउट गरेको हो ।

‘जात्रा’को सिक्वेलमा बनेको ‘जात्रै जात्रा’ अर्को वर्षको वैशाख २७ गतेबाट रिलिज हुने फाइनल भएको हो । प्रदिप भट्टराइले निर्देशन गरेको यो फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, रविन्द्र झा, दयाहाङ राई लगायतका कलाकारको शीर्ष भूमिका रहनेछ ।

चलचित्रमा यादव पौडेल र सिंगे लामाको लगानी रहेको छ । टिजरका आधारमा फिल्ममा दयाहाङ राईलाई भिलेन अवतारमा देख्न सकिनेछ ।

‘जात्रा’ को सफलतासँगै यो फिल्म थप प्रतीक्षित बनेको छ । फिल्म डार्क कमेडी विधामा निर्माण भएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  १२ : २९ बजे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई