सीके राउतसँगको सहमतिबारे बाहिर धेरै नबोल्नुस्– प्रचण्ड « Khabarhub

सीके राउतसँगको सहमतिबारे बाहिर धेरै नबोल्नुस्– प्रचण्ड


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर–नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीके राउत सँगको सहमतिका विषयमा बाहिर धेरै नबोल्न पार्टीका नेताहरुलाई आग्रह गरेका छन् ।

विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले सीके राउतसँगको सहमतिका बारेमा देखिएको विवादका विषयमा पार्टी कमिटिहरुमा छलफल गरेर समस्या समाधान गरिने भन्दै बाहिर धेरै नबोल्न आग्रह गरेका छन् ।

‘कमिटिमा छलफल गरेर समस्या समाधान हुन्छ साथीहरुले बाहिर धेरै नबोल्दा राम्रो हुन्छ’ प्रचण्डले भने ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले सरकारको ध्यान पृथकतावादी आन्दोलनमा लागेका मानिसलाई राष्ट्रिय एकतामा र संविधानको स्वीकार्यतामा ल्याउने ध्यान रहेको बताए । प्रचण्डले भने,‘जुन परिवेशमा सरकारले यो समझदारी बनाएको छ राष्ट्रिय एकताको पक्षमा संविधानको कार्यान्वयनको पक्षमा सकारात्मक पहल भएको छ ।’

राउतसँगको सहमतिमा कुनै शंका गर्नुपर्ने अवस्था नरहेको प्रचण्डको भनाइ थियो । ‘सरकारले भौगोलिक अखण्डताको पक्षमा गरेको पहल सकारात्मक हो,यसमा शंका गर्नुपर्ने छैन’ प्रचण्डले भने,‘पार्टीले गरेको निर्णयमा मेरो समर्थन छ ।’

सरकारले सीके राउतसँग गरको सहमतिमा प्रयोग भएको भाषा लगायते सत्तारुढ दल नेकपामा विवाद देखिएको छ ।

नेकपाका नेता भीम रावलले संसद बैठकमै सहमति सच्चाउन माग गरेका छन् भने अन्य नेताहरले पनि सहमतिमा प्रयोग भएको भाषाका बारेमा आपत्ति जनाएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  २ : ०२ बजे

अमेरिका-इरान :आक्रमण रोकेर नेतान्याहु वासिङ्टन पुगे

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच ‘अत्यन्त

चिकित्सक संघबाट आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्दकाे घाेषणा

काठमाडौँ– नेपाल चिकित्सक संघले आज (मंगलबार) देशैभरका सरकारी, गैरसरकारी र

अमेरिका-इरान कूटनीतिक वार्ताको प्रयास, हर्मुजमा अझै खिचातानी

वासिङ्टन – अमेरिका र इरानबीच लगातार तेस्रो दिन पनि आक्रमण

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा– झापाको मेचीनगर नगरपालिका– ६ काँकरभिट्टास्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको

झापामा घरेलु तथा साना उद्योगबाट करिब साढे दुई करोड राजस्व सङ्कलन

झापा– घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष