भक्तपुरबाट जन्ती लिएर हेटौँडा जाँदै गरेको बस दुर्घटना, दुई जनाको मृत्यु « Khabarhub

भक्तपुरबाट जन्ती लिएर हेटौँडा जाँदै गरेको बस दुर्घटना, दुई जनाको मृत्यु


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मकवानपुरको गढी गाउँपालिकामा जन्ती बस दुर्घटनामा परेको छ ।

दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

दुर्घटनामा १७ जना घाइते भएको र उनीहरुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाको अवस्था चिन्ताजनक रहेको भट्टराईले बताए । घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।

भक्तपुरबाट जन्ती लिएर हेटौंडा जाँदै गरेको ना ४ ख २२१७ नम्बरको बस गढी गाउँपालिकाको चैनपुर डाँडामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  २ : २८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको