आमाले एयरपोर्टमा बच्चा भुल्दा पाइलटले गराए इमरजेन्सी ल्याण्डिङ « Khabarhub

आमाले एयरपोर्टमा बच्चा भुल्दा पाइलटले गराए इमरजेन्सी ल्याण्डिङ


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेदाह– विमानस्थलबाट उडान भरिसकेको विमान तबमात्रै एयरपोर्ट फर्किन पाउँछ, जब कुनै आपतकालीन अवस्था सिर्जना हुन पुग्छ । तर, साउदी अरबमा एक महिलाले विमानस्थलमा आफ्नो बच्चा भुल्दा पाइलटले विमानलाई आकस्मिक अवतरण गराएका छन् ।

समाचारका अनुसार फ्लाइट SV832 जेदाहबाट क्वालालम्पुरका लागि उडान भरिसकेको थियो, विमानमा सवार एक महिलाले आफ्नो बच्चा विमानस्थलमै छुटेको बताइन् ।

महिलाको समस्या सुनेपछि पाइलटले एयर ट्राफिक कन्टोलमा सम्पर्क राखे ।

घटनासँग सम्बन्धित एक भिडियो पनि सार्वजनिक भएको छ । जसमा एयर ट्राफिक कन्ट्रोल (एटीसी)का कर्मचारी आफ्ना सहकर्मीलाई सोधिरहेका छन् कि यस्तो अवस्थामा के गर्न मिल्छ ? भनेर । त्यसपछि उनले पाइलटलाई समस्याबारे स्पष्ट रुपमा खुलाएर भन्न अनुरोध गर्छन् । पाइटल भन्छन् कि विमानमा सवार एक महिला किङ्ग अब्दुल अजिज इन्टरनेशनल एयरपोर्टमा आफ्नाे बच्चा भुलेको बताइरहेकी छन्, साथै ति महिला यात्रा जारी राख्न चाहिरेकी छैनन् ।

त्यसपछि एटीसीले पाइलटलाई फ्लाइट विमानस्थलतर्फ फर्काउन अनुमति दिन्छन् ।

अहिले सामाजिक सञ्चालमा मानवीयताको पक्षमा निर्णय लिएको भन्दै मानिसहरुले पाइलटको प्रसंशा गरिरहेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ३ : १३ बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–