व्यवसायीमाथि बम बर्साउनेलाई सरकारको ‘एक्सन’ – प्रधानमन्त्री ओली « Khabarhub

व्यवसायीमाथि बम बर्साउनेलाई सरकारको ‘एक्सन’ – प्रधानमन्त्री ओली


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आतंककारी शैलीमा बम पड्काएर व्यवसायीलाई त्रसित पार्ने विरुद्ध सरकारले एक्सन लिने बताएका छन् ।

मंगलबार प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका वैदेशिक रोजगार व्यवसायीलाई ढुक्क भएर व्यवसाय सञ्चालन गर्न प्रधानमन्त्रीले आग्रह गरे ।

व्यवसायीहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले केटा केटीले लुकामारी खेले जस्तो गरि व्यवसायीलाई धम्काउन, तर्साउने र बम पडकाएर त्रसित बनाउने छुट कसैलाई नभएको र त्यस्तो क्रियाकलाप गर्नेहरुलाई कारवाही गर्ने बताएको छलफलमा सहभागी वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष विमल ढकालले बताए ।

ढकालले भने, ‘व्यवसायीमाथि भएको आक्रमण प्रति सरकार गम्भीर छ । ढुक्क भएर व्यवसाय चलाउनुस् भनेर प्रधानमन्त्रीले भन्नु भएको छ ।’
राजनीतिक पार्टीका नाममा विध्वंस मच्चाउनेलाई सरकारले खोजी गरिरहेको प्रधानमन्त्रीले बताएका थिए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठनले गत शुक्रवार राति वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट गराएर क्षति पुर्‍याएपछि वैदेशिक रोजगार व्यवसायीहरु त्रसित बनेका छन् । उनीहरु व्यवसायको सुरक्षाको माग गर्दैं प्रधानमन्त्री निवास पुगेका हुन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ४ : ३६ बजे

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज