बाढीपहिरोबाट ब्राजिलमा ११ जनाको मृत्यु « Khabarhub

बाढीपहिरोबाट ब्राजिलमा ११ जनाको मृत्यु


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साओ पाउलो– ब्राजिलको ठूलो शहर साओ पाउलोलगायत महानगर पालिकाको ठूलो इलाकामा आएको भारी वर्षापछिको बाढी र पहिरोमा परी कम्तीका ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

आइतबार राति परेको भीषण वर्षापछि पाँच व्यक्ति डुबेर मरेका र अन्य छ सो वर्षापछि गएको पहिरो परी मारिएका सरकारी स्रोतले जानकारी दिएको छ ।

भारी वर्षाको कारण साओ पाउलोमा एक शहरबाट अर्को शहरमा जाने सडकमार्ग अवरुद्ध भएको बताइएको छ । साओ पाउलोका कार्यबाहक मेयर इदुवार्दो तुमाले एक रातमा मार्च महिनाभरी पर्ने वर्षाको ८० प्रतिशत वर्षा भएको बताएका छन् ।

अझै पनि वर्षा जारी रहने मौसम विज्ञहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ४ : ५३ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले