गण्डकी मेडिकल कलेजका विद्यार्थीको आक्रोश : ठगी नगरेको भए संचालक किन लुकेको ? « Khabarhub

गण्डकी मेडिकल कलेजका विद्यार्थीको आक्रोश : ठगी नगरेको भए संचालक किन लुकेको ?


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क लिएको भन्दै कलेज संचालकविरुद्ध उजुरी दिएका गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले तत्काल पठनपाठन संचालन हुनेपर्ने माग राखेका छन् ।

गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पठनपाठन संचालन हुनेपर्ने माग गरेका हुन् ।  गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी अनित सिन्हाले आफूहरु त्रिभूवन विश्व विद्यालय (टियु) अन्तरगतकै विद्यार्थी भएकाले टियुले त्यहा अध्ययनरत विद्यार्थीलाई पठनपाठनको व्यवस्था गर्नुपर्ने माग समेत गरे ।

उलने भने, ‘हामी अब कानूनी बाटोबाटै न्याय खोज्छौं । अब त्रिविले पठनपाठनको वातावरण मिलाइदिनुपर्छ ।’

सरकारले तोकेकोभन्दा बढि शुल्क कलेजले लिएको भन्दै आन्दोलनरत विद्यार्थीहरुले फागुन १२ गतेदेखी २४ गतेसम्म संचालन भएको एमबीबीएस तेस्रो वर्षको वार्षिक परीक्षा समेत बहिस्कार गरेका थिए । गण्डकी मेडिकल कलेजमा एमबीबीएस तेस्रो वर्षमा ८६ जना विद्यार्थीहरु अध्ययनरत थिए । उनीहरुले त्रिविले एमबीबीएस तेस्रो वर्षको परीक्षा समेत दिन पाउनुपर्ने माग गरेका छन् ।

संचालक र अन्य कर्मचारीले गण्डकी मेडिकल कलेजमा विभिन्न तहमा अध्ययनरत विद्यार्थी र तिनका अभिभावकसँग सरकारले तोकेको भन्दा बढि शुल्क लिएको भन्दै रकम फिर्ता गर्नुपर्ने माग गर्दै विद्यार्थीहरु ४० दिनअघिदेखी आन्दोलनरत छन् ।

कलेजका संचालक खुमा अर्यालसहित अन्य कर्मचारीविरुद्ध एक साता अघि विद्यार्थीहरुले सम्पत्ति शुद्दीकरण अनुसन्धान विभाग र जिल्ला प्रहरी कार्यलय कास्कीमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यलय कास्कीले अदालतकाे आदेशानुसार कलेज संचालकविरुद्ध पक्रउ पुर्जी जारी गरेको थियो ।

विद्यार्थीको उजुरी पछि जिल्ला प्रहरी कार्यलय कास्कीले कलेजका पूर्व कार्यकारी अधिकृत सन्तोषप्रसाद खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई पक्राउ गरेको छ भने अन्य ८ जना फरार रहेका छन् ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका ८ जनामध्ये ६ जनाले उच्च अदालत पोखरामा गत बिहीबार पक्राउ पुर्जीविरुद्ध निषेधाज्ञा माग गर्दै निवेदन समेत दर्ता गराएका छन् । कलेज संचालकले उच्च अदालतमा निवेदन दर्ता गराए पछि अदालतले फागुन २९ गते (बुधवार) दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

सबै निकायमा धाउँदा पनि आफूहरुले न्याय नपाएपछि कलेज संचालकविरुद्ध ठगी मुद्धा दर्ता गरेको सिन्हाले बताए ।

‘हामी राम्रोसँग पढ्छौं, भविष्यमा राम्रो डाक्टर बन्छौं भनेर गण्डकी मेडिकल कलेजमा पढ्न गएका थियौं,’ सिन्हाले भने, ‘तर यसरी आन्दोलन गर्नुपर्दा हामीलाई एकदमै बढी पीडा भएको छ ।’

‘यदि उहाँहरुले ठगी गर्नुभएको छैन, सरकारकै नियम अनुसार पढाउनुभएको थियो भने किन अपराधी जस्तो लुकेर बस्नुभएको छ ?’ सिन्हाले प्रश्न गरे, ‘हामीले उजुरी दिएको एकसाता वितिसक्दा पनि प्रहरीले उहाँहरुलाई पक्रउ गर्न सकेको छैन । प्रहरी किन यति धेरै कमजोर बनेको हो ?’

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ६ : ३२ बजे

रास्वपाको एजेन्डा प्रत्यक्ष कार्यकारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रत्यक्ष

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिबाना

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले खाएको अमलेटमा माछाको काँडा भेटिएको

अन्य दललाई भ्रष्टको संज्ञा दिएका रविले रास्वपाबारे भने : सुशासन र परिवर्तनको प्रतीक

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि

विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण : एमाले

काठमाडौं – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रविको प्रतिवेदन : प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव, दुईतिहाइको रक्षा गर्दै सुशासनको नयाँ युगमा लैजाने संकल्प 

चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक