सवै क्षेत्रमा वैदेशिक लगानीले फाइदा पुग्दैनः चेम्बर « Khabarhub

सवै क्षेत्रमा वैदेशिक लगानीले फाइदा पुग्दैनः चेम्बर


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले राष्ट्रको समग्र विकासको लागि वैदेशिक लगानी अपरिहार्य भएता पनि सवै क्षेत्रमा वैदेशिक लगानी खुल्ला गर्न नहुने जनाएको छ ।

संसदमा पेश गरिएको र विचाराधीन रहेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको बिधेयक २०७५ मा व्यवस्था गरिएको प्रावधानहरुबारे ध्यानाकर्षण जनाउँदै चेम्बरले सवै क्षेत्रमा वैदेशिक लगानी खुल्ला गर्न उपयुक्त नहुने तर्क गरेको हो ।

वैदेशिक लगानी प्रविधियुक्त ठूला परियोजना र ‘मेगा–इन्डस्ट्री’मा उपयुक्त हुने भएपनि आन्तरिक पुँजी परिचालन गरी स्वदेसी सीपको जगेर्ना, प्रयोग र विकाससंग सम्बन्धित कतिपय क्षेत्रहरुमा नेपालीहरु नै सक्षम रहेको जनाएको छ ।

चेम्बले सवै क्षेत्रमा वैदेशिक लगानी भित्र्याउँदै स्वदेशी ज्ञान, सिप र प्रविधिको परिचालन गर्न सकिने क्षेत्रहरुमा फाइदा नपुग्ने तर्क गरेको छ ।

सवै क्षेत्रमा वैदेशिक लगानी भित्र्याउँदा जनशक्तिमा निराशा पैदा हुंने, पुँजी निस्क्रिय हुने सम्भावना बढ्नुका साथै स्वदेशी उद्यमशीलतामा समेत ह्रास आउने अवस्था सिर्जना हुने भन्दै सम्बन्धित सबै पक्षको ध्यानाकर्षण भएको जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ८ : २४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस