विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाएर किन विदेश गए गृहमन्त्री ‘बादल’ ? « Khabarhub

विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाएर किन विदेश गए गृहमन्त्री ‘बादल’ ?


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउने निर्णय गरेसँगै गृहमन्त्री रामबहादुर थापा विदेश भ्रमणका लागि निस्किएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपालाई आपराधिक संगठन भन्दै प्रतिवन्ध लगाएको थियो ।

गृहमन्त्री समेत रहेका थापाले केही दिन यता विप्लव समूहले विध्वसं मच्चाएको र यस्तो छुट कसैलाई नभएको बताउँदै आएका थिए ।

गृहमन्त्री थापा ६ दिने भ्रमणका लागि आज(मंगलबार) अष्ट्रिया प्रस्थान गरेका छन् ।

अष्ट्रियाको भियानामा हुने संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (युएनओडिसी)को ६२औँ मन्त्रिस्तरीय बैठकमा सहभागी पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै थापा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उक्त बैठकले संयुक्त राष्ट्रसङ्घको लागुऔषध नियन्त्रणसम्बन्धी सन्धि र अभिसन्धिको कार्यान्वयनको अवस्था र आगामी दिनको विश्वव्यापी नीति र मार्ग्दिर्नेशन तय गर्नेछ । बैठकमा गृहमन्त्री थापाले नेपालको लागुऔषध नियन्त्रणका क्षेत्रमा गरेका काम कारवाहीका बारेमा जानकारी गराउनुहुने उनका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

यस्तै गृहमन्त्री थापाले युएनओडिसीका प्रमुख र विभिन्न देशका मन्त्रीसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ । मन्त्री थापा अगामी चैत ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  १० : २६ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४