काठमाडौं- आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि एसिया छनोट अन्तर्गत आज नेपाली टोलीले सिंगापुरको सामना गर्दैछ ।
मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा केहीबेरमा खेल शुरु हुँदैछ । खेल बिहान ७:४५ मा शुरु हुनेछ ।
विश्वकप खेल्ने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली सिंगापुरलाई हराएर सुखद शुरुवात गर्ने लक्ष्यमा रहेको छ । छनोट खेलमा नेपालसहित ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । छनोटको शीर्ष टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा सहभागीता जनाउने छ ।
रोहित कुमार पौडेलको कप्तानीमा नेपाली टोली मैदानमा उत्रिँदै छ । हेड टु हेड नेपाल सिंगापुरविरुद्ध हावी हुँदै आएको हुँदा आजको खेल नेपालका लागि सहज हुने अनुमान गरिएको छ ।
नेपाली टोली
रोहित कुमार पौडेल (कप्तान), अभिषेक बस्नेत, भीम सार्की, हरिबहादुर चौहान, कमलसिंह ऐरी, कुशल मल्ल, आरिफ शेख र पवन शरार्फ, प्रतिश जीसी, राशिद खान, रित गौतम, सागर ढकाल, सन्दिप जोरा, सूर्य तामाङ
वैकल्पिक खेलाडी : आकाश चन्द, लोकेशबहादुर बम, रवि कुमार शाह र शेर मल्ल
प्रशिक्षक : विनोद दास
टिम म्यानेजर : रमन शिवाकोटी
फिजियो : विक्रम न्यौपाने
प्रतिक्रिया