भ्रष्टाचार नियन्त्रण गर्न स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा « Khabarhub

भ्रष्टाचार नियन्त्रण गर्न स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताए।

आयोग क्षेत्रीय कार्यालय पोखराले बिहीबार पर्वतमा आयोजना गरेको अन्तरक्रियामा आयुक्त गुरुङले आयोगले जनप्रतिनिधि र स्थानीय तहमा भइरहेका अनियमितताको बारेमा निगरानी राखेको र जुनसुकै बेला पनि कारवाही हुनसक्ने स्पष्ट गरे।

स्थानीय तहमा जथाभावी नियम बनाउने र अनावश्यक रुपमा खर्च गर्ने प्रवृत्ति बढेको भन्दै प्रचलित कानुनले वर्जित गरेका काम गर्ने जनप्रतिनिधि भ्रष्टाचारको अभियोगमा पर्ने खतरा छ उनले भने । उनले उपभोक्ता समितिमा आफन्तलाई राख्ने, आफ्ना र आफन्तका निर्माण उपकरण परिचालन बढेको र जनप्रतिनिधिकै सङ्लग्नतामा प्राकृतिक स्रोतसाधनको दोहन भइरहेको उजुरी सबैभन्दा बढी आयोगमा परेका कारण यस्ता काम रोक्न अथवा कारवाहीका लागि तयार हुनुपर्ने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख मनोहर पौडेलले नदीजन्य पर्दाथ उत्खनन र बिक्री गर्ने कुरा सधैँ विवादमा आएको बताउँदै वातावरणीय प्रभाव मुल्याङ्कनको प्रतिवेदनअनुसार घाटगड्डी गरेर बिक्री गरेमा कुनै समस्या नआउँने बताए ।

आयोग क्षेत्रीय कार्यालय पोखराका प्रमुख काशीराज दहालले जनप्रतिनिधिले व्यवसाय गर्ने छुट भए पनि आफ्नो स्थानीय तहबाट प्रत्यक्ष लाभ लिने गरी व्यवसाय गर्दा अख्तियारको दुरुपयोग र गलत मनसाय देखिने भएकाले सचेत हुन आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सुशासन कायम गर्न कार्यालय प्रमुख र स्थानीय तहका कर्मचारीले सहयोग गर्नुपर्नेुमा जोड दिए । कार्यक्रममा सञ्चारकर्मीहरुले स्थानीय तह र सरकारी कार्यालयमा अनियमितता बढेको बताएका थिए भने कतिपय जनप्रतिनिधिले सामान्य काम गर्दा पनि अनेक बहानामा रोक्ने काम गर्दा अधिकार हनन भएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ७ : ३६ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई