आज दिल्लीले कोलकाताको सामना गर्दै, टोलीमा पर्लान् सन्दीप ? « Khabarhub

आज दिल्लीले कोलकाताको सामना गर्दै, टोलीमा पर्लान् सन्दीप ?


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत शुक्रबार (आज)  नेपाली खेलाडी सन्दीप लामिछाने सहभागी टोली दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ ।

खेल कोलकाताको इडेन गार्डेन रंगशालामा नेपाली समयअनुसार राति सवा ८ बजेदेखि शुरु हुनेछ ।  दिल्लीका सुरुवाती २ खेलमा टिममा नपरे पनि त्यस यता चार खेलमा लगातार खेलेर सन्दीपले ५ विकेट लिएका छन् ।

आज उनी टोलीमा पर्लान् या नपर्लान् कौतुहलताको विषय बनेको छ ।

एकातर्फ आईपीएलमा सन्दीपको प्रदर्शन औसत रहेको हुँदा आजको खेलमा पनि सन्दीपलाई दिल्लीले मैदानमा उतार्ने सम्भावना देखिन्छ भने अर्कोतर्फ यसअघि भएको रोयल च्यालेन्जर्स बैंग्लोरबिरुद्धको खेलमा उनले ४६ रन खर्चेका कारण पर्ने सम्भावना कम रहेको आकलन समेत गर्न थालिएको छ ।

६ खेलबाट ४ जित र २ हारको नतिजासहित ८ अंक बनाएको कोलकाता लिगको दोस्रो स्थानमा छ भने समान खेलबाट ३ जित र ३ हारको नतिजासहित ६ अंक जोडेको दिल्ली छैटौं स्थानमा छ । दिल्ली चौथो जितको खोजीमा रहनेछ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ७ : ५७ बजे

बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन

काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, दुई दिनमै एक लाखबढीले छाडे काठमाडौं

काठमाडौं– बडादशैंको आगमनसँगै राजधानी काठमाडौं छाडेर गाउँ फर्किनेको चहलपहल बढेको

अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल