२० रुपैयाँ दिनुहोस्, खुकुरीसँग सेल्फी लिनुहोस् « Khabarhub

२० रुपैयाँ दिनुहोस्, खुकुरीसँग सेल्फी लिनुहोस्


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बागलुङ– यहाँ जारी चैत्राष्टमी मेलास्थल छिर्नासाथ दायाँपट्टी घरेलु हातहतियार र औजारको बिक्रीकक्ष भेटिन्छ । स्थानीय सीपबाट बनेका हँसिया, बञ्चरोदेखि ३० किलोसम्मको खुकरी बिक्रीमा राखिएको छ ।

मेला भर्न जाने जोकोही एकपटक सो बिक्रीकक्षमा पुग्छन् । देख्दै अजङ्गका खुकुरीले अवलोकनकर्तालाई लोभ्याउने गर्छ । एउटा ३० किलो र अर्को २२ किलो तौलको खुकुरी बिक्रीमा छ । पहिलोको मूल्य रु एक लाख ११ हजार १११ र अर्कोको रु ९९ हजार ९९९ तोकिएको छ ।

ठूला खुकुरी किन्ने भन्दा हेर्ने धेरै भएपछि कालिगड मनबहादुर विकले नयाँ जुक्ति निकालेका छन् । अवलोकनकर्तालाई खुकुरीसँग तस्वीर खिच्न लगाउने र पैसा लिने । तस्वीर लिएवापत एक जनाबाट २० लिने गरेको विकले बताए ।

बिक्रीकक्षअघि कसैले खुकुरी समातेर त कसैले उचालेर तस्वीर लिइरहेका हुन्छन् । आफूभन्दा अग्ला खुकुरीसँग रुचिपूर्वक तस्वीर लिने र खुकुरीबारे सोधखोज गर्नेको भीडनै लाग्ने गरेको छ । कालिगड विकलाई खुकुरीबारे भन्दैमा फुर्सद छैन ।

ठूला खुकुरीले आकर्षित गरेपछि बिक्रीकक्षबाट साना खकुरी र अन्य औजारको बिक्री बढ्ने गरेको उनको अनुभव छ । ठाउँठाउँमा हुने मेला, महोत्सवमा उहाँले यसरी नै बिक्रीकक्ष राख्ने गरेका छन् ।

बागलुङको बुर्तिबाङ बजारमा ‘बुर्तिबाङ आरन व्यवसाय सेवा’ सञ्चालन गर्दै आएका विक १३ वर्षको उमेरदेखि कालिगडी पेशामा छन् । “मेला, महोत्सव हुँदा ‘स्टल’ राख्छौँ”, उनले भने, “एउटा महोत्सवमा जाँदा रु एक लाख जति कमाइ हुन्छ ।”

यहाँको मेलामा भने घरेलु तथा साना उद्योग विकास समितिले निःशुल्क बिक्री कक्ष राख्ने व्यवस्था मिलाएको कालिगड विकले बताए । घरेलु सीप र प्रविधिबाट बनेका सामग्री भएकाले उहाँले राखेको बिक्रीकक्ष मेलाको आकर्षण बनेको हो ।

ठूला र महङ्गा खुकुरी विशेष माग आउँदा मात्र बनाएर बेच्ने गरेको कालिगड विकले बताए । फलामलाई आरनमा गालेर, घनले पिटेर खुकुरीको रुप दिन कडा मेहेनत लागेको उनको अनुभव छ । ३० किलो तौलको खुकुरी आठ दिनमा तयार भएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १० : ५३ बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी