२० रुपैयाँ दिनुहोस्, खुकुरीसँग सेल्फी लिनुहोस् | Khabarhub Khabarhub

२० रुपैयाँ दिनुहोस्, खुकुरीसँग सेल्फी लिनुहोस्


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बागलुङ– यहाँ जारी चैत्राष्टमी मेलास्थल छिर्नासाथ दायाँपट्टी घरेलु हातहतियार र औजारको बिक्रीकक्ष भेटिन्छ । स्थानीय सीपबाट बनेका हँसिया, बञ्चरोदेखि ३० किलोसम्मको खुकरी बिक्रीमा राखिएको छ ।

मेला भर्न जाने जोकोही एकपटक सो बिक्रीकक्षमा पुग्छन् । देख्दै अजङ्गका खुकुरीले अवलोकनकर्तालाई लोभ्याउने गर्छ । एउटा ३० किलो र अर्को २२ किलो तौलको खुकुरी बिक्रीमा छ । पहिलोको मूल्य रु एक लाख ११ हजार १११ र अर्कोको रु ९९ हजार ९९९ तोकिएको छ ।

ठूला खुकुरी किन्ने भन्दा हेर्ने धेरै भएपछि कालिगड मनबहादुर विकले नयाँ जुक्ति निकालेका छन् । अवलोकनकर्तालाई खुकुरीसँग तस्वीर खिच्न लगाउने र पैसा लिने । तस्वीर लिएवापत एक जनाबाट २० लिने गरेको विकले बताए ।

बिक्रीकक्षअघि कसैले खुकुरी समातेर त कसैले उचालेर तस्वीर लिइरहेका हुन्छन् । आफूभन्दा अग्ला खुकुरीसँग रुचिपूर्वक तस्वीर लिने र खुकुरीबारे सोधखोज गर्नेको भीडनै लाग्ने गरेको छ । कालिगड विकलाई खुकुरीबारे भन्दैमा फुर्सद छैन ।

ठूला खुकुरीले आकर्षित गरेपछि बिक्रीकक्षबाट साना खकुरी र अन्य औजारको बिक्री बढ्ने गरेको उनको अनुभव छ । ठाउँठाउँमा हुने मेला, महोत्सवमा उहाँले यसरी नै बिक्रीकक्ष राख्ने गरेका छन् ।

बागलुङको बुर्तिबाङ बजारमा ‘बुर्तिबाङ आरन व्यवसाय सेवा’ सञ्चालन गर्दै आएका विक १३ वर्षको उमेरदेखि कालिगडी पेशामा छन् । “मेला, महोत्सव हुँदा ‘स्टल’ राख्छौँ”, उनले भने, “एउटा महोत्सवमा जाँदा रु एक लाख जति कमाइ हुन्छ ।”

यहाँको मेलामा भने घरेलु तथा साना उद्योग विकास समितिले निःशुल्क बिक्री कक्ष राख्ने व्यवस्था मिलाएको कालिगड विकले बताए । घरेलु सीप र प्रविधिबाट बनेका सामग्री भएकाले उहाँले राखेको बिक्रीकक्ष मेलाको आकर्षण बनेको हो ।

ठूला र महङ्गा खुकुरी विशेष माग आउँदा मात्र बनाएर बेच्ने गरेको कालिगड विकले बताए । फलामलाई आरनमा गालेर, घनले पिटेर खुकुरीको रुप दिन कडा मेहेनत लागेको उनको अनुभव छ । ३० किलो तौलको खुकुरी आठ दिनमा तयार भएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १० : ५३ बजे

भारतको ३ करोड ३९ लाख लगानीमा प्यूठानको ऐरावतीमा विद्यालय भवन

प्यूठान- नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको सहयोगमा प्यूठानको ऐरावती गाउँपालिका–१

देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन प्रस्ताव

काठमाडाैं– प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मुख्य

लुम्बिनी प्रदेश : बजेटमा कृषि क्षेत्र प्राथमिकतामा

सिद्धार्थनगर– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा

राजेन्द्र लिङदेन भन्छन्- ऊर्जा क्षेत्रमा विदेशीलाई सहज हुने नीति बनाइयो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले ऊर्जा क्षेत्रमा  विदेशीलाई

बजेटमा कार्यान्वयनमै प्रमुख चुनौती छ : स्वर्णिम वाग्ले

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डा.