फ्राइडे रिलिज– अनमोल र सलिनमानको बक्स अफिसमा भिडन्त « Khabarhub

फ्राइडे रिलिज– अनमोल र सलिनमानको बक्स अफिसमा भिडन्त


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रबारबाट नेपालभर दुई प्रतीक्षित फिल्म रिलिज भएका छन् । नयाँ वर्षको अवसर पारेर रिलिज भएका दुई फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ एकसाथ रिलिज भएका हुन् ।

युवापुस्तामाझ लोकप्रिय अभिनेता अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको यो फिल्म प्रेमकथामा आधारित फिल्म हो । फिल्ममा अनमोल र सुहानाले प्रेम र आर्याको भूमिका निभाएका छन् । कथानक अनुसार अनमोल एक स्टार गायक हुन्छन् भने सुहाना अनमोल उर्फ प्रेमकी फ्यान हुन्छिन् ।

झरना थापाले निर्देशन गरेको यो फिल्म कर्मसियल स्वाद रुचाउने दर्शकलाई मन पर्ने अपेक्षा गरिएको छ । फिल्ममा सलोन बस्नेतको पनि मुख्य भूमिका छ ।

यस्तै आजैदेखि प्रदर्शनमा आएको फिल्म ‘यात्रा’ पनि आजैबाट प्रदर्शनमा आएको छ । यसअघि ‘ए मेरो हजुर २’ बाट फिल्ममा डेब्यु गरेका सलिनमानको मुख्य भूमिका रहेको यो फिल्मलाई म्युजिकल भ्लग भनिएको छ । फिल्ममा मलिका महतले एक दृष्टिविहीन गायिकाको भूमिका निभाएकी छिन् ।

फिल्मले समाजसेवालाई विषय बनाएको छ । एक समूहले यात्रा गर्दा गर्ने रोमाञ्चक कथा फिल्ममा देख्न सकिन्छ । एड्भेन्चर फिल्म मन पराउने दर्शकले यो फिल्म मन पराउने लक्ष्य लिइएको छ । फिल्ममा सम्राट शाक्यको लेखन तथा निर्देशन छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ११ : १९ बजे

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने