पार्टीलाई एकतावद्ध बनाउँदै जानुपर्छ–देउवा, पौडेलले भने: १० महीनापछि महाधिवेशन नभए क्षति « Khabarhub

पार्टीलाई एकतावद्ध बनाउँदै जानुपर्छ–देउवा, पौडेलले भने: १० महीनापछि महाधिवेशन नभए क्षति


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टीलाई एकतावद्ध बनाउँदै मनाउनु पर्ने बताएका छन् ।

नेपाल महिला सङ्घद्वारा आज नयाँ वर्ष २०७६ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उनले नयाँ वर्षबाट पार्टीलाई एकतावद्ध बनाउँदै अघि बढ्नु पर्ने बताए ।

सभापति देउवाले पोखराबाट पार्टी एकताको सन्देश जनताका माझमा पुग्नुपर्ने उल्लेख गर्दै कास्कीमा आगामी दिनमा हुने संसदीय उपनिर्वाचनमा पार्टी एक्यबद्ध हुनुपर्ने बताए ।

कार्यक्रममा कांग्रेसका वरिष्७ नेता नेता रामचन्द्र पौडेलले आगामी १० महीनापछि पार्टीको १४ औँ महाधिवेशन गरी पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनु पर्ने बताए । उनले निर्धारित समयमा महाधिवेशन नभए कांग्रेसलाई अपूरणीय क्षति हुने बताए ।
उनले नेपाल महिला सङ्घलाई पार्टीको सङ्गठनलाई बलियो बनाउन टोल–टोलमा समिति गठन गर्न आह्वान गरे ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १२ : २८ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट