बालबालिकाको आँखामा गाजल- बन्न सक्छ खतरा « Khabarhub

बालबालिकाको आँखामा गाजल- बन्न सक्छ खतरा


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

नेपालमा नवजात शिशुको आँखामा गाजल लगाउने पुरानो प्रचलन रहेको छ । बालबालिकाको आँखामा लगाइएको गाजलले उनीहरुलाई निकै आकर्षक देखिन्छ ।

आँखा राम्रो देखाउनका लागि मात्र नभएर स्वस्थ राख्न गाजल लगाउनु पर्ने पुरानो मान्यता छ तर यो वास्तविक हो त ?

गाजल लगाइदिने आमाहरुको तर्क हुन्छ, बालबालिका राम्रा देखिन्छन् । गाजलले आँखाको ज्योति राम्रो हुन्छ, त्यस्तै बालबालिकामाथि अरुले आँखा नलगाउन् भन्नका लागि गाजल लगाउने गरिएको छ ।

लगाउन हुन्छ ?

शिशुको आँखा उसको शरीरको सबैभन्दा सम्बेदनशील अंग हो । बालबालिकाले ठूला मानिस जस्तो आफ्नो आँखाको हेरचाह गर्न सक्दैनन् । र आँखामा आएको समस्या बताउन पनि सक्दैनन् ।

आँखामा गाजल लगाउनु त्यति सुरक्षित मानिँदैन तर नेपालमा यसको व्यापक रुपमा प्रयोग हुने गरेको छ । बालबालिका र युवतीहरुले यसको प्रयोग गर्ने गरेका छन् । बालबालिकामा गाजल लगाइदिँदा उनीहरुलाई यसले पीडा दिन सक्छ ।

घरमा बनाइएको गाजल लगाउँदा सुरक्षित हुन्छ भन्ने सोच्ने गर्नु भएको छ भने त्यो पनि सही नहुन सक्छ । किनकी गाजल लगाउँदा त्यसले बालबालिकामा इन्फेक्सन हुन सक्छ । बालबालिकाले आँखामा लगाइएको गाजललाई हातले चलाउने गर्छन् र हातमा पनि इन्फेक्सन हुन सुक्छ ।

बजारमा पाइने गरेको गाजलमा लिड(सीसा) को प्रयोग अत्याधिक हुने गरेको छ । लिडको आँखामा प्रयोग निकै हानिकारक हुन्छ ।

गाजलमा मुख्य रुपमा एमार्फसे, कार्बोन, जिंकेट, म्याग्नेटाइट तथा माइनिमम पाइन्छ । जब शिशुको आँखामा लामो समयसम्म गाजलको प्रयोग हुन्छ तव यसले ठूलो असर गर्छ ।

गाजलमा हुने यी तत्वले शिशुको दिमागमा नराम्रो असर पर्छ र शिशुलाई बोनम्यारो हुने खतरा हुन्छ ।

गाजलबाट भएको संक्रमणका कारण आँखामा पानी आउने समस्या उत्पन्न हुन सक्छ । आँखामा हुने कार्निया धूलो, माटो र फोहरप्रति निकै सम्वेदनशील हुन्छ ।

त्यसैले गाजल लगाउनु अघि एकपटक विचार गर्नुहोला, लगाउँदा राम्रो देखिएपनि यसबाट हुने असरले कतै तपाईको बालबालिकामा आँखाको समस्या त आउँदैन ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १ : ४९ बजे

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको